२०८३ कार्तिक १२ गते बुधबार

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि आम्दानी भने बढ्यो

 |  रासस
Sanket

रासस

काठमाडौँ, मङ्सिर १७
ह

मुस्ताङ: स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन्।

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ।

यहाँ गत वर्ष यहाँ उत्पादन भएको स्थानीय र हाइब्रिड स्याउ गरी फार्म गेट औसत मूल्य प्रतिकिलो रु १५५ मा बिक्री भएकामा यस वर्ष प्रति किलो फार्म गेट मुल्य रु १८५ मा बिक्री हुँदा स्याउ बिक्रीबाट आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए।

उनका अनुसार गत वर्षको स्याउको फार्म गेट मुल्यमा प्रतिकिलो रु ३० ले वृद्धि भएको हो। गत वर्ष मुस्ताङमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष छ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष ६४४ मेट्रिक टन स्याउ कम फलेको हो।

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन दर घटे पनि उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको उत्पादनमा भने कुनै असर नपुगेको कार्यालय प्रमुख गुरुङको भनाइ छ। यहाँ गत वर्ष स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो।

यस वर्ष स्थानीय जातको स्याउ पाँच हजार २५९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ। यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको कार्यालय प्रमुख गुरुङको भनाइ छ।

मुस्ताङमा यस वर्ष यहाँ उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको जनाइएको छ। गत वर्ष यहाँ ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ८२ करोड ६८ लाख आम्दानी भएको थियो।

गत वर्ष यहाँ स्थानीय स्याउ निर्यात हुँदा रु ६० करोड १८ लाख आम्दानी भएको थियो भने हाइब्रिड स्याउ निर्यात हुँदा रु २२ करोड २५ लाख पाँच हजार आम्दानी भएको थियो।

यस वर्ष स्थानीय जातको स्याउ निर्यात गर्दा रु ७१ करोड ७३ हजार आम्दानी भएको थियो। कार्यालयको स्याउ तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाख वृद्धि भएको छ।

यहाँ बर्सेनि कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक लगायतको समन्वयमा माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङ क्षेत्रमा तीन भागमा विभाजन गरी स्याउको क्रप कटिङ विधिबाट धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने स्याउ बगैँचाको उत्पादन लेखाजोखा गरिएको आधारमा उत्पादन र आम्दानी अनुमान गरिएको कार्यालय प्रमुख गुरुङले जानकारी दिए।

उनका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको र १० प्रतिशत स्याउ जिल्लाभित्र भण्डारण र खपत भएको छ। मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकोमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ।

त्यसमध्ये स्थानीय स्याउको क्षेत्र ८३७ हेक्टरमध्ये ५७२ हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। यसैगरी ६२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ बगैँचामध्ये ५५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ।

यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ सात हेक्टर र हाइब्रिडतर्फ दुई हेक्टर क्षेत्रफल विस्तार भएको थियो। मुस्ताङमा एक शुन्य छ प्रतिशतले स्थानीय स्याउ र १० प्रतिशतले हाइब्रिड स्याउको उत्पादनशील क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ।

यहाँ गत वर्ष प्रतिहेक्टर उत्पादकत्व स्थानीय १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर प्रति हेक्टर उत्पादकत्व नौ दशमलव १९ प्रतिशत रहेको छ। यसैगरी गत वर्ष हाइब्रिड स्याउ प्रति हेक्टर उत्पादकत्व २५ मेट्रिकटन रहेको यस वर्ष २५ दशमलव ९० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए।

मुस्ताङका स्याउ किसानले स्थानीय जातका स्याउमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन गर्छन्। उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ गाला,रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्सलगायतका स्याउ उत्पादन हुने गरेको छ।

प्रकाशित: २०८२ मङ्सिर १७ गते बुधबार ०२:५०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना