काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग पोखरा एभेन्जर्स १३ रनले पराजित भएको छ। टस हारेर पहिलो ब्याटिङ्ग गरेको काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको थियो।
अन्तिम ओभरसम्म टिकेको पोखराले अलआउट हुँदै १५२ रन मात्रै जोड्न सफल भयो। पोखराविरुद्ध शाहब आलमले ह्याट्रिक गरे।
काठमाडौँका तर्फबाट बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले। बेन ६४ र भीम ५५ रनमा आउट भए। पोखराका धनन्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे।
लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ १० अंक जोडेर प्लेअफमा प्रवेश गरेको छ।
काठमाडौँसँग पराजित भएसँगै पोखराका लागि प्लेअफको यात्रा झन् कठिन बनेको छ। ६ खेलमा दुई खेल मात्रै जितेको पोखरासँग चार अंक छ।


