काठमाडौँ: कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने खजुरीको पफ अखाद्य भएको भन्दै बजारबाट फिर्ता मगाएको छ। विभागले खाद्यपदार्थ फिर्ता गर्न आदेशात्मक सूचना जारी गरेको छर
विभागले बजार अनुगमन गरी खाद्य पदार्थको नमूना प्रयोगशालामा परिक्षण गर्दा गोदावरी–१०, ललितपुरस्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू अखाद्य भेटिएका हुन्।
खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशतभन्दा बढी हुनुहुँदैन। तर ती पफमा सोभन्दा बढी औद्योगिक ट्रान्स फ्याट भेटिएकाले न्यूनस्तरको खाद्य पदार्थ हुन गएको विभागकी प्रवक्ता डा बालकुमारी शर्माले जनाएकी छन्।


