२०८३ कार्तिक २२ गते शनिवार

ग्रामीण सडकमा महिन्द्रा बोलेरोको एकछत्र वर्चस्व, कसरी जमायो पकड?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २३
bolero

काठमाडौँ:  नेपालमा सबैभन्दा बढी देखिने पिकअप हो–महिन्द्रा बोलेरो। विशेषगरी ग्रामीण क्षेत्रमा जोडिएका सडक सञ्जालमा यात्रु ओसारपसारसँगै ढुवानीमा बोलेरो पिकअप पहिलो नम्बरमा पर्छ। नेपाली बजारमा हुने बोलेरो पिकअपको बिक्रीले पनि यसलाई पुष्टि गर्छ।

नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी ग्रुपअन्तर्गतको अग्नी इन्कर्पोरेटले महिन्द्राको बोलेरो प्रतिमहिना ३ सयवटा भन्दा बढी बेच्छ। कम्पनीले यस वर्ष मात्रै १ हजार ८०० बोलेरो पिकअप बेच्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार महिन्द्राका सम्पूर्ण गाडीहरूको कुल वार्षिक सेल्समा बोलेरो पिकअपको हिस्सा मात्रै ६० प्रतिशत रहेको छ।

‘अहिले नेपालको बजार अर्थतन्त्र राम्रो छैन। सबैतिर मन्दी छ। तथापि, पिकअप सेग्मेन्टमा बोलेरोको माग यस्तो स्थितिमा पनि निकै राम्रो हो,’ अग्नी इन्कर्पोरेटेड प्रालिका पिकअप सेग्मेन्टका प्रतिनिधि तथा नक्साल ब्राञ्चका म्यानेजर हरिचन्द्र श्रेष्ठले भने, ‘नेपाली बाटो र माटो सुहाउँदो भएकोले पनि बोलेरो पिकअपले बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो।’

खासगरी गाडी चलाएर कमाइ गर्ने समूह नै बोलेरो पिकअपका प्रमुख ग्राहक हुन्। सामान ढुवानी, यात्रु ओसारपसार, हाइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन साइट, लजिस्टिक कम्पनीहरूबाट बोलेरो पिकअपको अत्यधिक माग छ। सुलभ मूल्य, उत्कृष्ट पर्फमेन्स र सर्भिस सेन्टरहरूको देशव्यापी नेटवर्कका कारण पनि ग्राहकहरूको रोजाइमा कम्पनीका अन्य गाडीहरूको सेग्मेन्टभन्दा महिन्द्राको पिकअप बढी परेको अग्नी इन्कर्पोरेटेडको दाबी छ।

महिन्द्राको पिकअप सेग्मेन्टमा कम्पनीले हाल सिंगल क्याबमा ३ वटा भेरियन्ट र डबल क्याब मोडलमा २ वटा भेरियन्ट बिक्री गरिरहेको छ। सिंगल क्याब भेरियन्टमा २४ लाख ३० हजारदेखि २७ लाख १५ हजार रुपैयाँसम्मको मूल्यमा पिकअप बिक्री भइरहेका छन्। त्यस्तै डबल क्याब भेरियन्टमा फोर व्हील र टु व्हील दुवै प्रकारका गाडीहरू नेपाली बजारमा उपलब्ध छन्। फोर व्हीललाई ३२ लाख ७५ हजार रुपैयाँ र टु व्हीललाई ३० लाख १५ हजारमा बिक्री भइरहेको अग्नी इन्कर्पोरेटेड प्रालिको सेल्स शाखाले जनाएको छ।

काठमाडौँमा मात्र ३ वटा शोरुममार्फत बोलेरो पिकअप बेचिरहेको कम्पनीले देशभर आफ्नै ११ वटा ब्राञ्चमार्फत यो गाडी बिक्री गर्दै आएको छ। त्यस्तै २० भन्दा बढी डिलरहरूले देशका विभिन्न शहरहरूमा गाडी बिक्री गरिरहेका छन्। बजारको हिसाबले बोलेरो पिकअपको सबैभन्दा बढी माग नेपालको पश्चिमी भेगमा छ। कुल पिकअप मागमध्ये करिब ५० प्रतिशत माग पश्चिमी भेगमा मात्रै छ। त्यस्तै बागमती प्रदेशमा यो पिकअपको माग ३० प्रतिशत रहेकोमा नेपालको पूर्वी भेगमा भने २० प्रतिशत मात्र रहेको छ।

१९९८ देखि नेपाली बजारमा देखिन थालेको बोलेरो पिकअप सबैभन्दा बढी भूकम्पपछिको पुनर्निर्माणको बेला बिक्री भएको कम्पनीको तथ्यांक छ। सन् २०१५ देखि १६ सम्ममा कम्पनीले महिन्द्राका विभिन्न ब्रान्डका कुल ७ हजार गाडी बेचेकोमा ४ हजार त बोलेरो पिकअप मात्रै बेचेको थियो। ‘तत्कालिन समयमा हाम्रा गाडीहरूको बिक्री ऐतिहासिक नै हो। बोलेरोले त झन् गज्जबको पर्फमेन्स गरेको थियो,’ नक्साल ब्राञ्चका म्यानेजर हरिचन्द्र श्रेष्ठले भने। श्रेष्ठले आफ्नो ब्राञ्चबाट मात्रै १ सय ३० करोडभन्दा बढीको ‘सेल्स टर्नओभर’ भएको सम्झन्छन्।

मर्मतका लागि सहज पार्टसको उपलब्धता र सर्भिस सेन्टरको देशव्यापी सञ्जाल हुँदा बोलेरो ग्राहकहरूको रोजाइमा बढी परिरहेको छ।

कम्पनीका अनुसार नेपालभर कम्पनीकै आधिकारीक ६५ बढी सर्भिस सेन्टरहरू छन्। त्यो बाहेक सामान्य ग्यारेजमा पनि बोलेरो पिकअपको मर्मत गर्न र पार्टस पाउन सकिने भएकाले सहजताको लागि पनि यो गाडीको माग छ।

बोलेरो पिकअपको बिक्री धेरै हुनुमा यसको रिसेल भ्यालु गज्जब हुनु पनि अर्को कारण रहेको कम्पनीको दाबी छ। १० वर्षसम्म प्रयोगमा आएर पुनः बेच्दा पनि बोलेरो गाडीले ५० प्रतिशत रिटर्न दिने गरेको कम्पनीले जनाएको छ। कम्पनीका अन्य सेग्मेन्टका गाडीभन्दा बोलेरो पिकअपको रिसेल भ्यालु गज्जबको रहेको कम्पनीले जनाएको छ।

पिकअप सेग्मेन्टमा अगाडि रहेको महिन्द्रा कम्पनीको नेपाल डिस्ट्रीब्यूटर अग्नी इन्कर्पोरेटेडले नेपालमा स्कोर्पियो जीप, थार जीप, एक्सयूभीका विभिन्न सिरिजहरू, ट्रयाक्टर, टेम्पो, बग्गीलगायतका गाडीहरू बेच्दै आएको छ।

प्रकाशित: २०८२ मङ्सिर २३ गते मङ्गलबार ११:४२
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना