२०८३ कार्तिक १२ गते बुधबार

एनपीएलमा म्याच फिक्सिङको प्रयास: रनआउट भए ५ करोडसम्म दिने प्रलोभन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २४
match_fixisng

काठमाडौँ: जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङ गराउन आएका एक भारतीयसहित एजेन्टविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रहरी प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौँमा भारतको हरियानास्थित पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाकी २४ वर्षीय रेबिका सिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रहरी अनुसन्धानका क्रममा उनीहरूले म्याच फिक्सिङका लागि जनकपुर बोल्ट्सका एक खेलाडीलाई एक करोडदेखि पाँच करोड रुपैयाँसम्मको अफर गरेको खुलेको छ। अभियोगपत्रमा उनीहरूले इन्स्टाग्राममा डिरेक्ट मेसेज गरी खेलाडीसँग संवाद गरेर काठमाडौँस्थित दूसित प्रिन्सेस होटलमा भेटेर म्याच फिक्सिङको प्रस्ताव राखेका थिए।

त्यसपछि प्रहरीले मंसिर २ गते साँझ लाजिम्पाटस्थित होटल दूसित प्रिन्सेस होटलअगाडि सडकबाट नियन्त्रणमा लिएको थियो।

परिवर्तित नाम २६ परिसर (४४) (०८२।०८३) नाम गरेको खेलाडीलाई भेटघाटको लागि बोलाई भेटघाट गरी प्रतिवादी सिंहले खेलको दौरानमा रन आउट हुन गर्नको लागि नेपाली रु. ५ करोड रुपैयाँसम्मको अफर गरेका थिए।

प्रतिवादी दिलप्रित सिंहका अनुसार उनी भारतमा बस्दादेखि नै स्टेक, बेटबुक२५० र किंग जस्ता नामक अनलाइन साइटमा खाता खोली सट्टेबाजी खेल्दै आएका थिए। पछिल्लो एक वर्षअघि रेविका सिंहलाई पनि उनले सट्टाबाजी खेल्न सिकाएका थिए। दुवै जनाले एकै खाताबाट बारम्बार खेल्दै ठूलो रकम जित्ने लोभ बढेपछि एनपिएलका खेलाडीलाई प्रयोग गर्ने योजना बनेको बयानमा उल्लेख छ।

सट्टाबाजीबाट ठूलो आम्दानी गर्ने सोच बनाएका उनीहरू दुबै जनाले एनपिएलमा खेल्ने नेपाली क्रिकेटरहरूको सूची इन्स्टाग्रामबाट खोज्न थाले।
रेविकाको Ruby 2075 नामक अकाउन्टबाट खोलिएको R-U-B-B-Y-THAKUR ID मार्फत अनेक खेलाडीलाई सन्देश पठाइएको पाइएको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ।

ती मध्ये एक खेलाडीले मात्र सन्देशको जवाफ दिएपछि योजना अगाडि बढेको हो। जवाफ दिने खेलाडीसँग सम्पर्क भएपछि लाजिम्पाटस्थित होटल दूसित प्रिन्सेस को लबीमा दुवैले पुगेर प्रत्यक्ष भेट गरेका थिए। उनीहरूले खेलको निर्धारित ओभरमा जानी–जानी रनआउट हुन प्रस्ताव गर्दै त्यसको बदलामा ५ करोडसम्म दिने प्रलोभन देखाएका थिए।

खेलाडीसँग सांकेतिक संकेतमार्फत जानकारी लिनुपर्ने,  रनआउट गरेपछि अनलाइन जुवाबाट ठूलो रकम जित्न सकिने भन्दै सिंहले खेलाडीलाई कसरी रनआउट हुने भनेर टेक्निकल निर्देशन दिएको बयानमा बताएका छन्।

यस्तै रेबिकाले पनि बयानमा उक्त प्रस्ताव गरेको स्वीकार गरेकी छन्। ‘हामीले खेल्ने अनलाईन बेटिङ साइटबाट छोटो समयमा नै राम्रो आम्दानी गर्न सोच बनाई निज नेपाली खेलाडीलाई रकम दिने प्रलोभन देखाई आफ्नो प्रभावमा पार्न खोजेका हौँ। यसरी नेपाली खेलाडीलाई आथिक प्रलोभन देखाई अनलाइन सट्टेबाजी खेली सोबाट आर्थिक लाभ लिन खोज्नु नै मेरो गल्ती भयो। जनकपुर बोल्ट्स क्बलबाट एनपीएल लिगमा क्रिकेट खेल्ने नेपाली क्रिकेटर परिवर्तित नाम २६ परिसर ४४(०८२/०८३) लाई क्रिकेट गेममा हामिहरूले बताए बमोजिकको शर्तमा आफूखुशी रन आउट हुन र सो वापत अनलाईन बेटिङ साइटबाट सट्टावाजी खेलाई आर्थिक लाभ लिने उद्देश्यले निजलाई १ करोड सम्मको नगद रकम दिने प्रस्ताव राखी सट्टावाजी खेलाउन खोज्नु नै म र प्रतिवादी दिलप्रित सिंहको ठुलो गल्ती भयो। उक्त कसूरमा म र मसँगै पक्राउ परी आएका प्रतिवादी दिलप्रित सिंहको संलग्नता रहेको छ। अन्य कोही कसैको संलग्नता छैन,’ उनले भनेकी छन्, ‘मैले नेपालमा भइरहेको एनपीएल लिगलाई नै प्रभाव हुने गरी नेपाली खेलाडीलाई रन आवट हुन र सो भएवातप १ करोड देखि ५ करोड सम्मको नगद दिने प्रस्ताव लिई नेपाली खेलाडीहरुलाई निजहरु बस्दै आएको होटलमा समेत पुगी भेट्न जानु नै मेरो गल्ती भयो।’

उक्त सबै कार्य दिलप्रित र आफ्नो योजनामा भएको उनले बताएकी छन्। उनकाअनुसार उनीहरूले ती खेलाडीलाई नगद रकम उपलब्ध गराउने प्रलोभन देखाएका थिए।

खेलाडीले उक्त प्रस्ताव तत्कालै अस्वीकार गरेका थिए। तिनै सोही खेलाडीले प्रहरीलाई उक्त जानकारी गराएपछि दुवै जनालाई पक्राउ गरिएको थियो।

प्रकाशित: २०८२ मङ्सिर २४ गते बुधबार ०३:४२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना