२०८३ असोज ४ गते आईतबार

अपी पावर जलविद्युतबाट रियल इस्टेटमा, सवा अर्बमा झम्सिखेलमा १० तले अपार्टमेन्ट बनाउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
api infa

काठमाडौं। जलविद्युतमा लगानी गरिरहेको अपी पावर कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत रियल इस्टेट व्यवसायमा आफ्नो लगानी विविधिकरण गरेको छ। सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले हाल ललितपुरको झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाइरहेको छ।

अपी इन्फ्रा फेज वान नाम दिइएको अपार्टमेन्टको अनुमानित लागत एक अर्ब २७ करोड ७० लाख रुपैयाँ रहेको छ। अपार्टमेन्टमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।

अपार्टमेन्ट बनाउन आवश्यक वित्तीय व्यवस्थापन भइसकेको छ। हालसम्म ५३ प्रतिशत वित्तीय प्रगति भएको अपी इन्फ्राले जनाएको छ।

यस्तै भौतिक प्रगति पनि ५३ प्रतिशत हारहारीमा रहेको कम्पनीले जनाएको छ। अपार्टमेन्ट आगामी सन् २०२७ को मध्य जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अपार्टमेन्ट एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अपी इन्फ्राका अध्यक्ष सतिश न्यौपानेले बताए।

पहिलो फेजमा निर्माणाधीन ४३ युनिट मध्ये २१ वटा बुकिङ भइसकेको छ। उक्त बुकिङबाट अपीले पाँच करोड ३० लाख रुपैयाँ संकलन गरेको छ। एक बेड, हल र किचन भएको एक युनिट, दुई बेड, हल र किचेन भएको २७ र तीन बेड, हल र किचेनसहितको १५ युनिट रहेको कम्पनीले जनाएको छ।

अपार्टमेन्टमा शिक्षण संस्था, अस्पताल, बैंक, एटीएम, सपिङ मल, खुद्रा पसल, सुविधाजनक पहुँच हुनेछ। अपार्टमेन्टमा समुदायिक बैठक हल, फिटनेस सेन्टर, निगरानी सहितको सीसी टिभी सुरक्षा, पानी प्रशोधन प्लान्ट, भरपर्दाे बिजुली आपूर्ति, ढल प्रशोधन सुविधा, सबै एकाइहरूमा स्मार्ट सुविधा र विद्युतीय सवारी साधन चार्जिङ स्टेशनसहित आधुनिक सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसैगरी अपी इन्फ्राले राजधानीको नयाँ बानेश्वरमा कार्यालय प्रयोजनका लागि अपी टावर बनाइरहेको छ। टावर बनाउन ४२ करोड ६० लाख रुपैयाँ लाग्ने भएको छ। टावरमा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ।

टावर बनेपछि कर्पोरेट अफिसहरुलाई भाडामा दिने लक्ष्य अपी इन्फ्राको छ। जग्गा खरिद गरेर अहिले भवन निर्माण गरिरहेको छ। टावरको काम आगामी एक वर्ष अर्थात सन् २०२७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ। अपी इन्फ्रा सन् २०२४ मा स्थापना भएको हो।

अपी पावर कम्पनीले जलविद्युत र सोलार गरी आधा दर्जन आयोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ। अपी पावरले ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना बनाउने भएको छ।

अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवद्र्धन गरिरहेको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना एक्वायर गरिसकेको छ।अपीले अहिलेसम्म जलविद्युत र सौर्य ऊर्जा गरी आधा दर्जन आयोजना सम्पन्न गरी ६२.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ।

अपीले ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाडका साथै ४ मेगावाटको चन्द्रपुर सोलार, एक एक मेगावाटको ढल्केबर र सिमरा सोलार परियोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ। मस्र्याङ्दी आयोजना सम्पन्न भएपछि अपीको विद्युत उत्पादन क्षमता बढेर ११२ मेगावाट पुग्नेछ।

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार ०२:०२
प्रतिक्रिया

थप समाचार

जग्गा, आवास मेलामा ८० हजारले गरे अवलोकन, चलायमान बनाउन कर्जा नीतिमा पुनरावलोकन माग

काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालित ४ दिने ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३’...

नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

काठमाडौँ: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा...

कोरला नाकाबाट भित्रिएका च्याङ्ग्रा, देशभर अनलाइन डेलिभरी गर्ने तयारी

मुस्ताङ। दशैं–तिहारलाई लक्षित गर्दै चीनबाट मुस्ताङको कोरला नाका हुँदै च्याङ्ग्रा भित्रिन थालेका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको प्रमुख वैकल्पिक...

घरजग्गा मेलामा अपी इन्फ्राको विशेष अफर, फुल फर्निस्ड अपार्टमेन्टदेखि निःशुल्क पार्किङसम्म

काठमाडौँः राजधानीको भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा अपी इन्फ्रा लिमिटेडका विभिन्न अपार्टमेन्ट परियोजना पनि प्रदर्शनीमा राखिएका छन्। ललितपुरको झम्सिखेल र बानेश्वरमा निर्माण भइरहेका...

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं। नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ। महासंघका महासचिव...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना