२०८३ कार्तिक २४ गते सोमबार

चन्द्रागिरी हिल्सले हकप्रद शेयर किन निष्काशन गर्न लाग्यो? यस्तो छ कारण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
Chandragiri_cablecar

काठमाडौँ: होटलसहितको केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले हाल बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।

कम्पनीका फाइनान्स हेड विनायक पोखरेलले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको भार घटाउन र नयाँ परियोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागिएको जानकारी दिए।

“चन्द्रागिरी हिल्समा बैंकको लगानी उल्लेख्य मात्रामा छ,” उनले नेपाल क्लिक्ससँग भने, “हकप्रदबाट प्राप्त रकमको प्राथमिक उपयोग बैंक ऋण चुक्तामा उपयोग गरिनेछ।”

त्यस्तै, कम्पनीले भविष्यमा थप पूर्वाधार विस्तार गर्ने योजना पनि बनाएको छ उनले बताए। “टप स्टेसनसम्म सहज आवतजावतका लागि सानो केवलकार निर्माण गर्ने र हाल सञ्चालनमा रहेको वैक्वेट हल सानो भएकाले ठूलो क्षमताको नयाँ निर्माण गर्ने विषयमा छलफल भइरहेको छ,” पोखरेलले भने।

चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७७ माघ २३ गते सूचिकृत भएको थियो। हाल नेप्सेमा कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचिकृत छन्। जसमा संस्थापक समूहको ८८ प्रतिशत र सर्वसाधारणको १२ प्रतिशत हिस्सा रहेको छ।

सूचिकरणपछिका चार वर्षमध्ये कम्पनीले तीन वर्षसम्म शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन। तर, चालु आर्थिक वर्षमा भने कम्पनीले शेयरधनीलाई राहत दिने संकेत गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पुस २३ गते बस्ने साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ।

नेप्सेमा होटल एण्ड टुरिजम समूहअन्तर्गत सूचिकृत चन्द्रागिरी हिल्सले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरी डाँडामा केबुलकार, रिसोर्ट र अन्य पर्यटकीय सेवा सञ्चालन गर्दै आएको छ।

कम्पनीको इतिहास हेर्दा, सन् २००९ मा ‘काठमाडौं फनपार्क’ का रूपमा स्थापना भई पछि सन् २०१६ मे १६ मा चन्द्रागिरी हिल्सका रूपमा पुनःसंरचना गरिएको हो।

करिब ३६ हेक्टर क्षेत्रफलको जग्गा लिजमा लिएर सञ्चालन भइरहेको यो परियोजना आइएमई ग्रुपअन्तर्गत छ। यद्यपि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको एक करोड २४ लाख रुपैयाँ नोक्सानमा छ।

अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीले २५ करोड ५९ लाख भन्दा बढी नाफा आर्जन गरेको थियो। यो वर्ष जेन्जी आन्दोलनका कारण चन्द्रागिरीको केबलकार र पाँचतारे होटल बन्द भएकाले पहिलो त्रैमासमा नाफामा गिरावट आएको हो।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो। त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो। पछि दुई महिनापछि यो कम्पनीले सेवा सञ्चालनमा ल्याएको थियो।

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार ०२:४३
प्रतिक्रिया

थप समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना