काठमाडौं। सामलिङ पावर कम्पनी लिमिटेडको ९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजना सञ्चालनमा आएको छ। गत असोज १७ देखि १९ गतेसम्म भएको भीषण वर्षापछि आएको बाढीले आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन बन्द भएको थियो।
प्लान्ट मर्मत तथा पुनर्निमाण सम्पन्न भइ मंगलबार साँझदेखि आयोजनाबाट बिजुली उत्पादन भएको कम्पनीले जनाएको छ।


