काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उनले बताए।
श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता आचार्यले बताए।


