काठमाडौं। पर्यटकीय क्षेत्र नगरकोटमा पाँचतारे स्तरको रिसोर्ट थपिने भएको छ। एक अर्ब २९ करोड ५० लाख रुपैयाँ निजी लगानीमा पाँचतारे स्तरको स्वर्णिम माउन्टेन रिसोर्ट निर्माण हुन लागेको हो।
होटलको प्रारम्भीक चरणका कामहरु भइरहेका छन्। पूर्वाधार निर्माणको तयारीमा रहेको स्वर्णिम माउन्टेन रिसोर्टले जनाएको छ।
होटलमा ६२ प्रतिशत बैंकको ऋण र बाँकी ३८ प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। कूल इक्विटीको २८ प्रतिशत खर्च भइसकेको छ। हालसम्म १९ प्रतिशत वित्तीय प्रगति भएको स्वर्णिम माउन्टेनले जनाएको छ।
डिसेम्बर २०२५ को मध्यसम्ममा जग्गा अधिग्रहण कार्य पूरा भइसकेको छ। निर्माता कम्पनीले रिसोर्टको वास्तुकला र डिजाइनको लागि भारतको डिजाइनर समूहसँग सम्झौता गरेको छ। जग्गा खरिदमा होटलले ठूलो लगानी गरेको छ।
स्वर्णिम माउन्टेनले डिसेम्बर २०२५ को मध्यसम्ममा १९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। परियोजना निर्माणको प्रारम्भिक चरणमा भएकोले परिकल्पना गरिएको क्षेत्रभित्र परियोजना कार्यान्वयनसँग सम्बन्धित जोखिमहरूको सामना गरिरहेको छ।
निर्माण हुन लागेको होटलमा ८० कोठा रहने भएको छ। जसमध्ये १८ डिलक्स कोठा, ५६ भिल्ला, चार सुइट भिल्ला र दुईवटा प्रेसिडेन्सियल भिल्ला, स्विमिङ पुल, कन्फरेन्स, बैंक्वेट हल, स्पा र अन्य सुविधाहरू समावेश छन्। होटलमा क्लवका साथै क्यासिनो सुविधा पनि हुने भएको छ।
सामान्यतया, होटलका संस्थापकहरुलाई लगानी उठाउन लामो समय लाग्ने गर्छ। प्रिमियम होटलको निर्माणमा तीन वर्ष लाग्छ। ग्राहकहरूलाई आकर्षित गर्न, अकुपेन्सी स्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र परिकल्पना गरिएअनुसार होटलबाट लाभ उठाउने क्षमता महत्वपूर्ण हुन्छ।
नेपालमा ठूलो संख्यामा संगठित र असंगठित खेलाडीहरूको उपस्थिति छ। होटल उद्योगमा अकुपेन्सी स्तर, आम्दानी घरेलु र विश्वव्यापी बजार दुवैमा समष्टिगत आर्थिक प्रवृत्तिहरूको लागि संवेदनशील छ।
होटल त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलबाट २७ किलोमिटर दुरीमा रहेको छ।
स्वर्णिम माउन्टेन सन् २०२१ मा स्थापना भएको हो। होटल काभ्रेको मन्डन देउपुर नगरपालिकामा बन्ने भएको छ। स्वर्णिम माउन्टेनले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
नरेशलाल श्रेष्ठ,भक्तबहादुर हमाल र गोपाल महर्जन रिसोर्टका सञ्चालक हुन्। स्वर्णिमको अध्यक्ष भक्तबहादुर हमाल छन्। प्रयोगशाला र
चिकित्सा उपकरण क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव छ।
उनी सुदीप इन्टरनेशनल प्राइभेट लिमिटेड र हिमालयन चिउरी आयल प्राइभेट लिमिटेडमा निर्देशक हुन्। नरेशलालको राजधानीको टंगालमा स्वर्णिम होटल सञ्चालनमा रहेको छ।गोपाल महर्जनसँग ट्राभल एजेन्सी र हस्तकला निर्माण र निर्यात क्षेत्रमा एक दशकको अनुभव छ।
अर्गानिक एभोकाडो रिट्रिट सेन्टर, युनिक फ्युल सेन्टर र नमो बुद्ध एग्रो प्राइभेट लिमिटेडका बोर्ड सदस्य पनि हुन्।


