२०८३ कार्तिक ११ गते मङ्गलबार

सत्तामा चढ्यो कांग्रेस, प्रतिपक्षको बेन्चमा एमाले

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत ५
parliament (6)

काठमाडौँ- संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस प्रतिनिधि सभामा सत्तापक्षको बेन्चमा सरुवा भएको छ। पुस १० गतेपछि प्रमुख प्रतिपक्षी बनेको कांग्रेस करिब ३ महिनापछि सत्तापक्षको बेञ्चमा सरेको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको बेञ्चमा बसेको हो। प्रतिनिधिसभाको बैठक अघि बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको थियो।

दोस्रो ठूलो दल नेकपा एमाले भने सत्तापक्षबाट प्रतिपक्षको बेञ्चमा पुगेको छ। एमाले अन्तिम पटक फागुन १५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको बेञ्चमा बसेको थियो।

राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेले कांग्रेसलाई समर्थन गरेपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि प्रमुख प्रतिपक्षको बेञ्चमा को बस्ने भन्ने विवादका कारण फागुन १७ गते बोलाइएको प्रतिनिधिसभाको बैठक आजसम्मका लागि स्थगित भएको थियो।

प्रकाशित: २०७९ चैत ५ गते आईतबार ०१:४८
प्रतिक्रिया

थप समाचार

राजतन्त्रसम्बन्धी देउवाको भनिएको धारणाप्रति कांग्रेसको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजतन्त्रसम्बन्धी धारणाप्रति कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले बिहीवार विज्ञप्ति जारी गर्दै सभापति देउवाको...

कांग्रेसले भन्यो- पाकिस्तानमाथि भारतको ‘अप्रेसन सिन्दूर’ जायज

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई आक्रमण 'अप्रेसन सिन्दूर'लाई जायज भनेको छ। शुक्रवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले...

नीति तथा कार्यक्रमको समीक्षा गर्दै एमाले-कांग्रेस

काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको...

वैशाख १७ देखि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना