काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न दुवै दलले बैठक बोलाएका हुन्।
एमाले संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको छ।
बैठकमा संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई निर्देश गर्नेछन्।
दिउँसो १ बजेकै लागि नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दैछ।


