काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजतन्त्रसम्बन्धी धारणाप्रति कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीवार विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भनी सार्वजनिक सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन्।
देउवाको भनाइलाई तोडमोड गरी गलत ढंगले प्रचार गरिएको भन्दै विज्ञप्तिमा खण्डन गरिएको छ।
‘कसैले क्षणिक स्वार्थ पूर्तिको लागि राजतन्त्रबारे व्यक्त गरिएको भनाइलाई गलत सन्दर्भमा प्रसारण गर्नु अत्यन्तै आपत्तिजनक र अनैतिक कार्य हो। यसले नागरिकलाई भ्रमित पार्ने प्रयास हो,’ विज्ञप्तिमा भनिएको छ।
सत्य सूचना सम्प्रेषण गर्न र गलत आशयसहित समाचार प्रकाशन नगर्न कांग्रेसको आग्रह गरेको छ।


