२०८३ असोज २२ गते बिहिबार

रसुवागढी आयोजनाको दोस्रो युनिट पनि चल्यो, ४४ मेगावाट बिजुली उत्पादन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १४
rasuwagadi_hydro

काठमाडौँ: रसुवागढी जलविद्युत आयोजनाको दोस्रो युनिटबाट पनि बिजुली उत्पादन सुरु भएको छ।

गत २४ असारमा चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट लेदो, गेग्रान तथा ठूला ढुङासहित आएको बाढी नेपाल–चीन सिमाना स्थित रसुवागढी हुँदै आयोजनाको स्रोत नदी भोटेकोशी आइपुग्दा रसुवागढी आयोजना र केन्द्रको बाँध स्थलको इन्टेक, डाइभर्सन वेयरलगायत बाँध स्थलका अधिकांश सिभिल संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको थियो।

मर्मतसम्भारपछि गत साताबाट आयोजनाको दोस्रो युनिट सञ्चालनमा आएको हो।

हाल आयोजनाबाट ४४ मेगावाट बिजुली उत्पादन भइरहेको रसुवागढी हाइड्रोपावर लिमिटेडको सूचना अधिकारी नरनाथ न्यौपानेले नेपाल क्लिक्सलाई बताए। उनका अनुसार एउटा युनिटबाट ३७ मेगावाट बिजुली उत्पादन हुन्छ।

गत मंसिरको अन्तिम सातादेखि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको थियो। बाढीबाट क्षतिग्रस्त आयोजना सञ्चालनका लागि अस्थायी बाँध (कफर ड्याम) बनिसकेको छ। तीनवटै युनिट सञ्चालनमा ल्याएर बर्खामा १११ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका तयार गरिएको छ। क्षति भएका संरचना तथा मेसिन उपकरणहरूको प्रारम्भिक मूल्यांकन गरी बिमक कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा रसुवागढीले एक अर्ब ७३ करोड ८४ लाख रूपैयाँ बीमा दाबी पेस गरेको छ। अहिलेसम्म दाबी रकम नपाएको न्यौपानेले बताए।

गोसाइँकुण्ड गाउँपालिका वडा नंम्ब १ थुमन र वडा नम्बर २ टिमुरेको सिमाना हुँदै बहने भोटेकोसी नदीको पानी उपयोग गरी आयोजनाबाट १११ मेगावाट बिजुली उत्पादन हुन्छ। रसुवागढी जलविद्युत आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारीक विद्युत उत्पादन सुरु भएको हो।

बाढीले  हाइड्रोमेकानिकल उपकरणहरू (ग्याट्री क्रेनहरू) बगाउनुका साथै अन्य हाइड्रोमेकानिकल गेट तथा उपकरणहरूमा क्षति भएको थियो। बाँधस्थल जाने स्थायी पुलको जग । संरचनाहरू लेदोले पुरिएकोमा आवास भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

उक्त आवास क्षेत्रमा पार्किङमा रहेका सवारी साधनहरू मध्ये ३ वटा बगाएको र ६ वटा बाढीले पुरेको थियो। विद्युतगृह जाने स्थायी पुलको जगमा क्षति, टेलरेसबाट लेदोसहितको बाढी पसी विद्युतगृहको एआइभी फ्लोर तथा टर्वाइन फ्लोरमा रहेका इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल उपकरणहरू डुबानमा परेकोमा आवास तथा गाडीको बीमा दाबी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको थियो।

स्टोरमासमेत क्षति भएको थियो। बाढीले जलविद्युत केन्द्रको बाँध स्थल, टेलरेस, सर्ज साफ्ट, आवास क्याम्प जाने पहुँच सडकहरूको अधिकांश स्थानमा कटान गरी पहुँचमार्ग पूर्णरूपमा अवरुद्ध भएकोमा जलविद्युत केन्द्रदेखि बाँधस्थल, सर्ज ट्यांक तथा टेलरेस सम्मको ११ केभी विद्युत प्रसारण लाइन, अप्टिकल फाइबर लाइन, टेलरेसमा रहेको टान्सफर्मर तथा पोलहरू बगाएको थियो।

आयोजनाले गत असोजसम्म सञ्चय कोषलाई तिर्नुपर्ने साँवा रकम १० अर्ब १६ करोड २१ लाख रूपैयाँ छ। उक्त अवधिको ब्याज ६ अर्ब ६३ करोड ३५ लाख ६५ हजार पुँजीकृत भई कुल ऋण १६ अर्ब ७९ करोड ५६ लाख ६५ हजार रूपैयाँ कायम भएको कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ। स्वपुँजी अन्तर्गत ५१ प्रतिशत शेयर संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयर रहेको छ। आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भइसकेकाले कम्पनीले ऋण तिर्न सुरु गरी ९ वर्ष (३६ किस्ता) मा सञ्चय कोषसँगको सम्पूर्ण ऋण चुक्ता गर्ने योजनाअनुसार पहिलो किस्ता २०८१ को चैत मसान्तमा ६५ करोड १४ लाख ६० हजार रूपैयाँ भुक्तानी गरिएको छ।

आयोजना बनाउन २४ अर्ब ९९ करोड
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति सिर्जना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।

जलविद्युत केन्द्रबाट व्यापारीक रूपमा विद्युत उत्पादन हुनु अघि (२०८१ पुस १५) सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधीको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसबाट आयोजना निर्माण लागतको कर्जाः स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।

आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुन्छ। बिजुली बेचेर कम्पनीले वार्षिक तीन अर्ब २५ करोड रूपैयाँ आम्दानी गर्छ।

प्रकाशित: २०८२ पुस १४ गते सोमबार ०५:३६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।

जेनजी आन्दोलनमा जलेको पाँचतारे होटल हायात कहिलेदेखि पुन:सञ्चालनमा आउँछ?

मर्मत र स्तरोन्नतिमा हायात रिजेन्सीले थप तीन अर्ब रुपैयाँ लगानी गर्दैछ। यसमध्ये दुई अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी एक अर्ब रुपैयाँ आफ्नो निक्षेपमा भएको रकम परिचालन गरेको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।

विकासशीलमा स्तरोन्नतिपछि अहिलेबाटै समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक

काठमाडौं। नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशीलमा स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेदेखि नै सरकार र निजी क्षेत्रबीच प्रभावकारी...

३ अर्ब ३५ करोडमा सिमरामा पाँचतारे होटल बनाउँदै भरलेली हस्पिटालिटी

होटल बनाउन ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। होटलको कुल कोठा संख्या ११८ रहेको छ।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना