२०८३ असोज २२ गते बिहिबार

विकासशीलमा स्तरोन्नतिपछि अहिलेबाटै समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
anjan

काठमाडौं। नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशीलमा स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेदेखि नै सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’ मा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यम (एसएमई), तथा अन्य सरोकारवालाले संक्रमणकालका लागि तत्काल तयारी गर्नुपर्ने बताएका हुन्।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि तत्कालका लागि एलडीसीबाट स्तरोन्नति पर सर्न सक्ने भएपनि त्यसपछिको व्यापारिक तथा अन्य सुविधामा हुने सम्भावित परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताए।

यसअघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उनले अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

“पर सरेको समय तत्काल आइहाल्छ। स्तरोन्नतिपछि सुविधा क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने आधार उत्पादन लागत, गुणस्तर र दक्षता नै हो। त्यसैले सरकारले यस्ता क्षेत्रमा तत्काल सुधार गर्दै अघि बढाउनुपर्दछ। निजी क्षेत्रले पनि सुविधा आधारित प्रतिस्पर्धाबाट क्षमता आधारित प्रतिस्पर्धातर्फ अघि बढ्दै उत्पादनको गुणस्तर, प्रविधि, मूल्य शृंखला र बजार विविधीकरणमा लगानी बढाउनुपर्दछ।” अध्यक्ष श्रेष्ठले भने।

कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठले एलडीसी स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहमा रहेका उद्योग व्यवसायसम्म पुग्ने भएकाले यसबारे निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने धारणा राखे।

उनले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउँदै स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यशालामा परियोजनाका परामर्शदाता भोजराज पोखरेलले नेपालले स्तरोन्नति हासिल गर्दा प्राप्त हुने अवसर र सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिँदै नेपालले संक्रमणकालको तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले स्तरोन्नतिपछि उपलब्ध हुने अवसर उपयोग गर्न उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण तथा निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने बताए।

त्यसैगरी ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’का परियोजना प्रमुख रोशन नेपालले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै नेपालमा समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि र उनीहरूको बजार पहुँच विस्तारमा परियोजनाले काम गरिरहेको बताए।

उनले एलडीसी स्तरोन्नतिपछिको सम्भावित प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत गरिरहेकोसमेत जानकारी दिए।

महासंघले एलडीसी स्तरोन्नतिको विषयमा प्रदेशस्तरबाटै सचेतना तथा छलफल अघि बढाउँदै आएको छ। विराटनगर, वीरेन्द्रनगर र धनगढीपछि काठमाडौंमा आयोजित यो शृंखलाको चौथो कार्यशाला हो।

आगामी दिनमा भक्तपुर र ललितपुरमासमेत यस्ता कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ। कार्यशालामा उद्योगी, व्यवसायी, एसएमई, विकास साझेदार तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

 

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०७:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।

जेनजी आन्दोलनमा जलेको पाँचतारे होटल हायात कहिलेदेखि पुन:सञ्चालनमा आउँछ?

मर्मत र स्तरोन्नतिमा हायात रिजेन्सीले थप तीन अर्ब रुपैयाँ लगानी गर्दैछ। यसमध्ये दुई अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी एक अर्ब रुपैयाँ आफ्नो निक्षेपमा भएको रकम परिचालन गरेको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।

३ अर्ब ३५ करोडमा सिमरामा पाँचतारे होटल बनाउँदै भरलेली हस्पिटालिटी

होटल बनाउन ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। होटलको कुल कोठा संख्या ११८ रहेको छ।

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना