काठमाडौँ: सन् २०२५ मा साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका छ्न्। नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर अन्तिम दिनसम्म ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल घुम्न आएका हुन्। यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो। सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिएका थिए।
यस अवधिमा पर्यटन क्षेत्रबाट नेपालले २७ अर्ब १५ करोड रुपैयाँ विदेशी मुद्रा आयआर्जन गरेको छ।
सन् २०२५ मा सबैभन्दा बढी भारतबाट २ लाख ९२ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यस्तै दोस्रो स्थानमा अमेरिकाबाट ९५ हजार ४८० पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ।
यस्तै बेलायतबाट ५९ हजार र बंगलादेशबाट ५७ हजार ९०० पर्यटक नेपाल आएका छन्।


