२०८३ कार्तिक १५ गते शनिवार

नवलपरासीमा एक ढिक्का भएर चुनावमा होमियो कांग्रेस, विनोद चौधरी भन्छन-सबै मिलेर विकास अभियानलाई पूर्णता दिनुछ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ७
binod

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा होमिएको छ। विगतमा आन्तरिक विवाद र विभाजनका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्र उल्लेखनीय एकता देखिएको छ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद भएका चौधरी पार्टीको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।

लामो समयसम्म पार्टीभित्र विवाद सिर्जना गर्दै आएका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लामा कांग्रेसभित्रको असमझदारी अन्त्य भएको स्थानीय नेताहरूको भनाइ छ। खनालको बहिर्गमनपछि कांग्रेस संगठन एकताबद्ध भएको र चुनावी गतिविधि थप सशक्त बनेको देखिएको छ।

पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश भएको बताए। उनले कांग्रेसको एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाईसमेत गति दिने विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गरे। उनका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ मैदानमा उत्रिएका छन्।

पार्टीका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र सहयोगमा विनोद चौधरी चुनावी अभियानमा सक्रिय छन्। आज मात्रै चौधरीले जिल्लाका केन्द्रीय सदस्यहरू, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको देख्दा आफू निकै उत्साहित र खुसी भएको बताए। “अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो। यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,” उनले भने।

चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। कांग्रेसभित्र देखिएको यो एकताले जिल्लामा चुनावी माहोललाई थप सकारात्मक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित: २०८२ माघ ७ गते बुधबार ०५:५१
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना