काठमाडौँ: नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।
पूजा महतोले अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।
पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाएकी हुन्।


