काठमाडौं– नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन्। सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिए।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएका थिए।
यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो। पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कांस्य जितेका थिए। महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाएकी थिइन् ।
नेपाली टोली सोमबार स्वदेश फर्कँदै छ। यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको छ।


