काठमाडौँ: नेपाली खेलकुद र प्रविधिको क्षेत्रमा नेपालकै पहिलो स्पोर्टस् बेस डिजिटल (ओटीटी) प्लेटफर्म ‘एसटीवाईएक्स नेपाल’ सञ्चालनमा आएको छ। नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो।
उक्त प्लेटफर्ममार्फत विश्वभरका क्रिकेट प्रेमीहरूका लागि महत्त्वपूर्ण टी-२० वर्ल्डकप प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ।
आगामी माघ २४ गते (फेब्रुअरी ७) बाट सुरु हुने यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन्।
विशेषताहरू
प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ): टि-२० वर्ल्डकपका सबै खेलहरूको प्रत्यक्ष प्रसारण।
सहज भुक्तानी: दर्शकहरूले प्लेटफर्मको शुल्क ईसेवामार्फत सजिलै र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्।
प्रयोगकर्तामैत्री एप: एन्ड्रोइड र आईओएस (आईओएस), ओभसाइड र सम्पूर्ण स्मार्ट डिभाईसहरू आजै डाउनलोड गरी आफ्नो सिट सुरक्षित गर्न सकिने।


