२०८३ कार्तिक ११ गते मङ्गलबार

झन्-झन् बढ्दैछ बहुआयामिक गरिबी

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, जेठ ३१
krishna_rimal

साधारणतया गरिबीलाई सापेक्षिक र निरपेक्षिक गरी दुई प्रकारले विभाजन गरिन्छ। कमजोर आर्थिक अवस्थालाई जनाउन हामी गरिबी शब्द प्रयोग गर्छौँ।

सापेक्ष गरिबी संसारमा मानव जीवनको अस्तित्व रहेसम्म कायम रहन्छ। निरपेक्ष गरिबी भने राज्यले अवलम्बन गर्ने अर्थ व्यवस्था, नीति ,कार्यक्रम तथा नागरिकको सीप, जागर र मेहनत आदिको सहायताबाट न्यूनीकरण गर्न सकिन्छ। विप्रेषण, वित्तीय संघसस्थाका सकारात्मक प्रतिस्पर्धा, उदारीकरण, नीजीकरण एवं विश्वव्यापीकरण जस्ता कारणहरुले निरपेक्ष गरिबीको दरसम्बन्धी तथ्यांकले देखाएजस्तो व्यवहारमा घटेको नभएपनि विस्तारै न्यूनीकरण भने हुँदै आएको छ। तर गरिबी आर्थिक रुपमा मात्रै हुँदैन।

हामीमध्ये प्रायःलाई लाग्छ, वर्तमानमा प्राप्त सबै आर्थिक सेवासुविधा दोब्बर भैदिए हामी कति न के के गर्छौँ होला। तर मानव जीवन त्यस्तो हुँदैन। मासिक साढे दुई लाख बराबरको आर्थिक लाभ लिएर काम गर्नेहरूसँग पनि एकदमै साधारण सपना हुन्छन्। आम मानिसजस्तै घरघडेरी, बैंक मौज्दात, गरगहना जोड्ने नै चाहना हुन्छ, जुन आम मानिसका सपना हुन्। तर देशभित्र त्यो तहको तलब धेरैलाई मिल्दैन। त्यसैले हाम्रो सबैभन्दा ठूलो र अपूरणीय गरिबी भनेका हाम्रा सपनाका आकार र आधार हुन्।

हाम्रो पूरै समाजको सपनाको साइज निकै साना आकारका र एकदमै व्यक्तिपरक छन्। हामीहरु आफूबाट बाहिर निस्कन सकेका छैनौँ। म अनि मेरोको निकै नै साँघुरो घेराबाट प्रेरित गरिबी नै हाम्रो सामूहिक प्रगतिको बाधक हो। तपाई हाम्रो वरिपरि निर्माणाधीन भवन कति व्यक्तिको सपनाको सार्थकता हो? त्यो सार्थकता कति खतरनाक छ भने त्यसले अरु सपनाको नवनिर्माणको सम्भावना प्रायः अन्त्य गरिदिन्छ। मेरो अनुभवलाई साक्षी राखेर भन्दा हामी आर्थिक हिसाबले कमजोर होइनौँ, बरु गरिब हौँ।

जागिर सपना, व्यापार सपना र राजनीतिक सपना जस्ता विशुद्ध व्यक्तिपरक सपना मात्र भए। तिनै सपनाको चापमा पारेर कमजोर र प्रतिस्पर्धी बनाएर हाम्रो बहुआयामिक गरिबीलाई झनझन गरिबीतर्फ धकेलिरहेका त छैन?

मैले लकडाउनको समयमा घरमा भएका पुराना संस्कृतसम्बन्धी पाण्डुलिपी अध्ययन गर्ने प्रयास गरेँ। खोज्दै जाँदा मैले हस्तलिखित पात्रो पनि भेटेँ। उक्त पात्रो हजुरबुबाले आफैँ लेख्नुभएको रहेछ। बुबाले भनेपछि थाहा पाएँ। खगोलका तमाम घटनालाई गणितीय सूत्रमा रुपान्तरण गरेर मेहनत र रचनात्मकताले यो कसरी सम्भव भयो होला! आजको हाम्रो पुस्ता दश दिनपछिको वार जान्न भितेपात्रो प्रयोग गर्छौँ। उदाहराणार्थ प्रयोग गरिएको पात्रो निमार्णको ज्ञान मात्रै शताब्दी अगाडिकै माने पनि त्यही बराबरको ज्ञान आज किन हामीसँग छैन? हामी कति गहिरो गरिबीमा छौँ हेर्नुस् त।

हामीले आर्जित गरेको र गराउने प्रयास गरेको शिक्षा किन यस्तो गरिब भयो? यत्रो प्रविधि, सूचना सकंलनका विभिन्न बाटाहरु, पर्याप्त प्रमाण र आधार एवं स्थापित मान्यताहरु हुँदाहुँदै पनि हाम्रो शैक्षिकस्तर किन यस्तो गरिब? अलिकति पुस्तक पढिसकेपछि वा उल्टासुल्टा बाटा प्रयोग गरेर कुनै तहको प्रमाणपत्र प्राप्त गरिसकेपछि हामी आफूलाई सबैले मान्नुपर्छ भन्ने मान्यता बोकेर बस्छौँ। यो गरिब शिक्षाले हामीलाई छिमेकीसँगको प्रतिस्पर्धाभन्दा माथि जानै दिएन। छिमेकीको भन्दा राम्रो घर, गाडी छोराछोरीको पढाइलेखाइ यस्तै–यस्तै। छिमेकी प्रदत्त उत्कृष्टता भन्दाको उचो सोच या प्रतिस्पर्धा हामीमा नरहनु सबैभन्दा हरिकंगाल गरिबी हो जस्तो तपाईलाई र मलाई कहिल्यै लागेन। यहीँनेर म के जोडछु भने तपाई हामीजस्तै औषत आर्थिक लाभ लिने क्षमता र औषतभन्दा बढी लाभ लिने क्षमतायुक्त मष्तिकमा यही छिमेकीयुक्त कुरा हुनु झन् बिजोगको कुरा हो। विश्व जाओस् भाँडमा, हामीलाई वस् छिमेकी भन्दा राम्रो हुन पाए पुग्छ।

अर्को हाम्रो गरिबी स्वास्थ्य क्षेत्रमा छ। रोग उपचारपछि या उपचारार्थ हुँदा औषधिले बनाएको स्वास्थ्य र त्यही स्वास्थ्यकै कारणले अहिले अरु विदेशी संस्थाहरुले निर्धारण गरेको औषत आयु बढनुलाई हामीले स्वास्थ्य सफलता ठानेका छौँ। आयु औषधिसँग साटिएको हो। हामीले आफ्नै घरमै रहेका दीर्घरोगीहरुलाई हेरेर आफूलाई भोलिका लागि त्यही ठाउँमा राखेका छैनौँ। मेडिकल माफियाले घोकाएका एकोहोरा सूत्रलाई नै सर्वेसर्वा मानेका छौँ। यसैको कारण हो मानसिक स्वास्थ्यको अवस्था पछिल्ला दश वर्षमा सबैभन्दा बिरूप छ। पुराना जप, तप, साधना र मानसिक उपचार विधि हामी कतीलाई बेकामे र वकवास लाग्छन्। त्यसैले हामी औषत आयुमा त बढी नै बाँचिरहेका छौँ तर दैनिक जीवनमा रोगी शरीरसँग सायद दीनदीन बन्दै गएर दिनदिनै मरेका छौँ।

रोग लाग्नु र उपचारपछि निको हुनु भनेको रोग नै नलाग्नु जस्तो राम्रो कुरा होइन। खाद्यान्न, जीवनशैली र मानसिक शुद्धीका कुनै पनि योजना र तालिका हामीसँग छैनन्। सबैभन्दा डर लागेको क्षेत्र परिवार नियोजनका अस्थायी साधन हुन् भन्ने मलाई लाग्दछ। महिला स्वास्थ्यलाई महिला प्रजनन अधिकारले जितेको अवस्था छ। मेरो शरीर मेरो अधिकार कति घातक छ भनेर बुझ्न अविवाहित किशोरीहरुले पछिल्ला दिनमा गराएका भूण्रहत्याका अभिलेख हेरे पुग्छ। त्यसैगरी विवाहित महिलाहरुमा शारीरिक रुपमा बढेको मोटोपना र बाँझोपनाका कारण भनेका पिल्स, डिपो, निलोकन जस्ता औषधि हुन् भनेर हामीले कहिले बुझ्ने?

एसियामा पहिलो सुरुङ मार्ग बनाउने, पहिला विद्युत निकाल्ने, पहिला बन्दुक बनाएर इतिहास बनााएका हामीले अचेल बिना लगानी र बिना जोखिमको स्थायी आय मात्रैको परिकल्पनामा सीमित हुन पुग्यौँ।

यसैगरी हामीबीच विद्यमान खतरनाक गरिबी सामाजिक पछौटेपन हो। म्याडम क्युरीले रेडियम पत्ता लगाउँदै गर्दा समकालीन हाम्रा हजुरआमाहरुलाई भैँसी दुहुने, घाँस काट्ने र बिहानबेलुका केको तरकारी पकाउने भन्ने चिन्ता थियो। जुन्को तावेईले सगरमाथा आरोहण गर्दै गर्दा समकालीन हाम्रा हजुरआमाहरुमा श्रीमान् छरछिमेकी र आफन्तसँग कसरी जाती हुने भन्नेमा बढी चासो थियो। कल्पना चावला चन्द्रमिसनमा जाँदा समकालीन हाम्री आमाहरुमा फेरि पनी घाँस र तरकारीकै चिन्ता थियो। आज पनि गाउँमा बसेकी मेरी श्रीमतीलाई ठ्याक्कै घाँस र तरकारी कै चिन्ता छ। अब हेर्नुस् संसारमा कस्ताकस्ता घटना हुँदा हामी कहाँ छौँ?

कोलम्बसले अमेरिका पत्ता लगाउँदा समकालीन हाम्रा हजुरबुवा परिवार पालनपोषणको लागि आर्थिक जोहोको खोजीमा थिए। मंगल ग्रहमा मानवबस्तीको योजना गर्दै गर्दा म एउटा स्थायी जागिर खाएर परिवारलाई खुसी दिने प्रयासमा समर्पित हुँदै छु। मन माने पनि नमाने पनि स्वीकार्नै पर्ने कुरा यो हो- हाम्रो समाजभित्र स्थापित सामाजिक गरीबी भयानक छ। हामी विशुद्ध बजार मात्रै बन्यौँ, त्यसैले अरुले तोकेभन्दा बढी हाम्रो मूल्य भएन। दुखःद कुरा के भने अरुले तोकेको मूल्य समकक्षीभन्दा बढी हुँदा हामी अद्भूत खुसी छौँ।

माथि उल्लेखित कुरा नयाँ होइनन्। यी पुस्तान्तरण सँगै स्थानान्तरित कुरा हुन्। एसियामा पहिलो सुरुङ मार्ग बनाउने, पहिला विद्युत निकाल्ने, पहिला बन्दुक बनाएर इतिहास बनााएका हामीले अचेल बिना लगानी र बिना जोखिमको स्थायी आय मात्रैको परिकल्पनामा सीमित हुन पुग्यौँ। घरीघरी लाग्छ हामीहरुले आफैँलाई निकै सुपेरियर मान्यौँ। तर तपाईहाम्रा सृजनशीलताका आधार वा मष्तिस्क बनोट र सपना छनौटलाई मलजल गर्ने कुरा कहिल्यै विकसित भएनन्।

न सामाजिक परिपाटी, न राज्य संरचनाको कुनै अंग, न कुनै सकारात्मक उत्पेरणाका आधारहरु रचनात्मकताका लागि पर्याप्त छन्। जागिर सपना, व्यापार सपना र राजनीतिक सपना जस्ता विशुद्ध व्यक्तिपरक सपना मात्र भए। तिनै सपनाको चापमा पारेर कमजोर र प्रतिस्पर्धी बनाएर हाम्रो बहुआयामिक गरिबीलाई झनझन गरिबीतर्फ धकेलिरहेका त छैन? कम्तीमा पनि जीविका मात्रलाई सपना मान्ने खालको गरिबीबाट मुक्त हुन पाए मात्र पनि अरु आशाको किरण देखिन्थ्यो कि?

प्रकाशित: २०८० जेठ ३१ गते बुधबार ११:२५
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना