दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ।
बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ। जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ।
बरौनी रिफाइनरी मर्मतले ग्यास आयातमा कमी, सहज हुन अझै डेढ महिना लाग्ने
बिहानदेखि दिनको २ बजेसम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौ उपभोक्ताहरू लाम बस्ने गरेका छन्।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।


















