काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेशलाई सदर गरेको हो। सुनुवाइ गर्दै सर्वोच्चले कानुन बमोजिम गर्नू भनेर आदेश गरेको हो।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा गत विशेष अदालतले मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो।विशेषका न्यायाधीशद्धय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेशविरूद्ध अधिकारीले ७३ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका थिए। उनले अब थुनामै बसेर मुद्धा लड्नु पर्ने भएको छ।
नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित छ जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


