महाशिवरात्रि पर्वको अवसरमा राजधानीका सडक, चोक तथा मन्दिर आसपासमा बालबालिकाहरूले डोरीले बाटो छेक्दै दान संकलन गरिरहेका छन्। आज यसरी उठाइएको दानले रातभर धुनी लगाउने चलन रहेको छ।

साधुहरूले महाशिवरात्रिमा विभिन्न प्रकारका धुनी बालेर पशुपतिलगायत महादेव मन्दिरहरूमा धुनी जगाउने गर्छन्। स्थानीयहरूले पनि आजको दिनमा सामान्य धुनी जगाउने चलन छ।

बालबालिकाले भने मनोरञ्जनको लागि बाटो छेक्ने र दान संकलन गर्दै आएका छन्।