२०८३ कार्तिक १४ गते शुक्रबार

‘चुनावको बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ५
photo-3_062173dd

काठमाडौँ: चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना यसलाई ‘नियोजित रूपमा सिर्जना गरिएको आपूर्ति शृंखला अव्यवस्थापन’को परिणाम भएको बताउँछन्।

व्यापारीहरुका अनुसार यतिबेला खुद्रा बजारमा चामल प्रतिबोरा १५० रुपैयाँसम्म र खानेतेल प्रतिकार्टुन ३०० रुपैयाँसम्म महँगिएको छ। यस्तै, नेपाल आयल निगमले समेत उपभोक्ताहरुलाई नियमित रुपमा ग्यास वितरण गर्न सकेको छैन। आपूर्तिमा ठोस अवरोध नभए पनि अत्यावश्यक बस्तुको मूल्य वृद्धि र अभाव भइरहेको भन्दै उनले यसलाई संगठित रूपमा गरिएको क्रियाकलापको संज्ञा दिए।

‘उत्पादन र आपूर्तिमा अवरोध नहुँदा पनि मूल्य बढ्नु भनेको बजारमा गलत मनोवृत्ति हावी हुनु हो,’ उनले भने। ग्यास आपूर्तिको सन्दर्भमा उनले नयाँ सिलिन्डर किन्दा सजिलै पाइने तर पूरानो सिलिन्डर साट्न कठिनाइ हुने अवस्था देखिनुले कृत्रिम अभावको संकेत गर्ने उनको भनाइ छ।

‘निगमले ९० वटा बुलेटबाट ग्यास वितरण भइरहेको दाबी गर्छ, तर ११० वटा बुलेट बराबरको ग्यास कहाँ गयो भन्ने प्रश्न उठ्छ,’ उनले प्रश्न गरे।
ग्यासको अभाव बढ्दै गएपछि यतिबेला निगमले आफ्नो टेकु डिपोबाट ग्यास वितरण गर्दै आएको छ। उनले सरकारको पूर्ण स्वामित्वमा रहेको निगमले टेकु डिपोबाट सीमित परिमाणमा सिलिन्डर वितरण गरेर समस्या समाधान नहुने बताए।

बरु ग्यास उद्योग र आधिकारिक डिलरमार्फत प्रभावकारी वितरण प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ। साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जस्ता राज्यका निकायमार्फत वैकल्पिक वितरण प्रणाली सुदृढ गर्न सकिने उनले बताए।

तिमल्सिनाले बजारमा डिलरको संख्या, प्रमाणीकरणको अवस्था र कुल सिलिन्डर संख्याबारे वैज्ञानिक तथ्यांक अभाव हुनु पनि समस्या चर्किनुको कारण भएको बताए। ‘हामीसँग यकिन तथ्यांक छैन्। यही कारण बजारमा अभाव हुन्छ कि भन्ने त्रास सिर्जना हुन्छ,’ उनले भने।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायहरू उपभोक्ता संरक्षण ऐन २०७५ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार हुनुपर्ने उल्लेख गरे। संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्ने मौलिक अधिकार प्रत्याभूत गरेको स्मरण गराउँदै उनले सो अधिकार कार्यान्वयनमा सरकारी निकाय कमजोर देखिएको टिप्पणी गरे।

चुनाव नजिकिँदै गर्दा व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्ने आशंका पनि उनले व्यक्त गरे। ‘राजनीतिक अस्थिरता र नीतिगत अन्योलले व्यवसायी र उपभोक्तामा दुविधा सिर्जना गरेको छ,’ उनले भने। तिमल्सिनाले आपूर्ति शृंखला सुदृढ गर्न पूर्वतयारी, प्रभावकारी अनुगमन र पारदर्शी वितरण प्रणाली आवश्यक रहेको बताएका छन्। अन्यथा, आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालमा यस्ता समस्या आगामी दिनमा पनि दोहोरिन सक्ने उनको चेतावनी छ।

राज्यको कमजोर अनुगमन तथा नियमनको परिमाण
तिमल्सिनाले यसलाई राज्यको कमजोर अनुगमन तथा नियमनको परिणाम भएको बताएका छन्। उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, कालोबजारी र सिन्डिकेटजस्ता गतिविधि नियन्त्रण गर्न स्थायी तथा शक्तिशाली संयन्त्र आवश्यक रहेको औँल्याए।

उनका अनुसार बजारमा मूल्य, गुणस्तर र नापतौलका विषयमा व्यापक अनियमितता देखिए पनि प्रभावकारी कारबाही नहुँदा उपभोक्ता निरन्तर मारमा परिरहेका छन्। ‘अनुगमन र नियमन प्रभावकारी भएन। स्पष्ट आपूर्ति नीति, बजार नीति र उपभोक्ता नीति नहुँदा समस्या दोहोरिँदै गएको छ,’उनले भने।

पेट्रोलियम क्षेत्रमा कानुनी शून्यता र असफल अभ्यास
तिमल्सिनाले पेट्रोलियम क्षेत्रको उदाहरण दिँदै खर्बौं रकमको कारोबार गर्ने निगम सँग आजसम्म स्पष्ट पेट्रोलियम ऐन नहुनु गम्भीर कमजोरी भएको बताए। ‘नीति र कानुनबिना बजार व्यवस्थापन सम्भव हुँदैन,’ उनले भने।

उनले विगतमा साढे सात केजी ग्यास सिलिन्डर, दोहोरो रङ, दोहोरो मूल्य, डिलर प्रमाणीकरणजस्ता निर्णयहरू पटक–पटक भए पनि कार्यान्वयन नभएको उल्लेख गरे। मन्त्री र सचिव फेरिएसँगै निर्णयहरू पनि अलपत्र पर्ने प्रवृत्तिले समस्या झनै जटिल बनेको उनको भनाइ छ।
चुनावको मुखमा राजनीतिक गतिविधि बढ्दा बजारमा खपत स्वाभाविक रूपमा बढ्ने भए पनि त्यसको बहानामा अत्यधिक मूल्यवृद्धि गर्नु अनुचित भएको उनले बताए। ‘अन्तर्राष्ट्रिय कारण, डलर दर, आपूर्ति समस्या जस्ता शब्द प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गरिन्छ,’ उनले भने।

उनका अनुसार मूल्य वृद्धि हुनुका राष्ट्रिय, अन्तर्राष्ट्रिय र आपूर्ति सम्बन्धी कारण हुन सक्छन्। तर वास्तविक मूल्य वृद्धि उचित छ कि छैन भन्ने विश्लेषण गर्ने सरकारी संयन्त्र छैन्। यही कमजोरीका कारण व्यवसायीको दाबी नै अन्तिम सत्यजस्तो बन्ने अवस्था आएको उनले बताए।

स्थायी प्राधिकरणको आवश्यकता
तिमल्सिनाले हालको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई शक्तिशाली र स्वायत्त प्राधिकरणका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ‘मूल्य, गुणस्तर, नापतौल, आपूर्ति र उत्पादनसम्बन्धी विषय हेर्ने, अध्ययन–अनुसन्धान गर्ने र कानुन कार्यान्वयन गराउने अटोनोमस अथोरिटी आवश्यक छ,’ उनले भने।

उपभोक्ता संरक्षण ऐन २०७५ प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख गर्दै उनले बजार तह निर्धारण, समर्थन मूल्य तोक्ने, किसानलाई लागतको उचित मूल्य दिलाउने तथा उपभोक्तालाई यथोचित मूल्यमा वस्तु उपलब्ध गराउने व्यवस्था अझै सुदृढ हुन नसकेको बताए।
उनका अनुसार अहिले बजारमा गुणस्तर घट्दै र मूल्य बढ्दै गएको छ। ‘हिजोभन्दा तौल घटेको छ, गुणस्तर खस्किएको छ, तर मूल्य बढिरहेको छ,’ उनले टिप्पणी गरे।

तिमल्सिनाले उपभोक्तालाई आवश्यकभन्दा बढी वस्तु सञ्चय नगर्न पनि आग्रह गरे। कृत्रिम अभाव सिर्जना हुन नदिन संयमता आवश्यक रहेको उनले बताए। कालोबजारी, सिन्डिकेट, कार्टेलिङ वा मिसावटको शंका लागेमा सम्बन्धित निकायमा उजुरी गर्न पनि उनले आह्वान गरे। बजार अनियमिततासम्बन्धी उजुरीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल–फ्री नम्बर ११३७ प्रयोग गर्न सकिने जानकारी दिँदै उनले सचेत नागरिक सहभागिताले बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए।

राजनीतिक दलहरूले पनि उपभोक्ता हितविरुद्धका गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने उनले उल्लेख गरे। ‘राज्यको अनुभूति नागरिकले महसुस गर्नुपर्छ। कानुनको शासन लागू हुनुपर्छ। ३६५ दिन २४ घण्टा अनुगमन हुने स्थायी संयन्त्रबिना समस्या समाधान हुँदैन,’ उनले भने।

प्रकाशित: २०८२ फाल्गुण ५ गते मङ्गलबार ०२:१३
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना