काठमाडौँ: बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स संघलेले बुधबारदेखि लागू हुनेगरी क्रेटमा ५० रुपैयाँ मूल्यवृद्धि गरेको हो।
मूल्य बढेसँगै ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ पुगेको छ।
अण्डाको उत्पादन लागत बढेपछि मूल्य वृद्धि गरिएको संघले जनाएको छ। हाल प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने संघको भनाइ छ।


