काठमाडौँ: नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। मधेशको जनकपुरमा सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।
प्रतिज्ञापत्रमाथि उठेका प्रश्नबारे सभापति थापाले बिहीबार दिउँसो १ बजे काठमाडौँको राष्ट्रियसभा गृहमा जवाफ दिने कार्यक्रम रहेको छ।
कांग्रेसे प्रतिज्ञापत्रमा ‘भिजन–१०’ समेटेको छ। मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर समेटिएको भिजन १० मा बेथिति र हैरानीमुक्त विधिको शासन र मौलिकतामा गर्व गर्नेलगायतका विषय रहेका छन्।


