२०८३ कार्तिक १४ गते शुक्रबार

युवाविहीन कर्णालीका पहाडी गाउँमा न भोटर छन्, न त चुनावी उत्साह!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
photo-4_8b82052e

सुर्खेत: कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ। हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन्। अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेदवारहरु अचेल बाटोमा कोही देख्ने बित्तिकै दुबै हात जोडेर नमस्कारको अभिवादन गर्छन्। कोही त खुट्टामै ढोक्छन् भने कोही शिर निहुँराएर मतदातासामु झुकिरहेका देखिन्छन्।

सडक यातायातले छोएका बस्तीहरुमा विभिन्न दलका झण्डावाला गाडीहरुमा चुनावी गीतहरु गुञ्जिरहन्छन्। तर, जब उम्मेदवारहरु र उनका सहयोगीहरु भोट माग्न गाउँ पस्छन्, उनीहरूलाई स्वागत गर्न बाटोमा न त तन्नेरीको ताँती देखिन्छ, न त चुनावको त्यो पुरानो रौनक। केही सिमित कार्यकर्ताहरुकोले उनीहरुलाई पूmलमाला र खादा ओडाउँछन् अनि लगाउँछन् गाउँको वास्तविकताबारे बेली बिस्तार।

गाउँमा पुगेका उम्मेदवारहरुलाई भोट थपिएको र थप्न सकिने सम्भावनाबारे भारतबाट आउने र सहरबाट घर फर्किनेहरुको संख्यामा निर्भर हुने रिपोर्टिङ स्थानीय कार्यकर्ताहरुले गर्न थालेका छन्। कालिकोटका गाउँहरुमा चुनावप्रतिको रौनक खासै देखिएन। मतदान गर्न गाउँबाहिर रहेकाहरु फर्कन कि नफर्किने भन्ने दोधारमै छन् भने गाउँमा भएकाहरुमा पनि उत्साह देखिएन। मतदातामा चुनावप्रतिको निराशा र वितृष्णा छाएको छ। उनीहरुमा उत्साहभन्दा बढी प्रश्न र असन्तोष देखिन्छ।

उम्मेदवार र कार्यकर्ता मतदाताको घरदैलो गरिरहेका छन्। उनीहरुले मतमात्रै मागिरहेका छैनन् बिकासका सपना र आश्वासनका पोकाहरु पनि संगै बाँडिरहेका छन्।

मतदाताहरुमा चुनावको रौनक र राजनितिक दलहरुप्रतिको आशा हराए पछि गाउँमा चुनावको उत्साह नभएको नरहरीनाथ गाउँपालिका–३ का धर्मप्रसाद उपाध्यायले बताए। ‘उम्मेदवारहरु हरेक दिन आउँछन्, आश्वासन र बिकासका सपना बाँड्छन्’ उनले भने, ‘तर मतदाताले अहिले उनीहरुलाई पत्याइरहेका छैनन्।’ गाउँका अधिकांश मानिसहरु रोजगारीका लागि देशका सहरी क्षेत्रमा, भारत तथा अन्य मुलुकहरुमा गए पछि यूवाविहीन भएको उनको भनाइ छ।

रोजगारीको लागि गाउँका युवाहरु भारतलगायतका अन्य मुलुक र देशकै सहरी क्षेत्रमा गए पछि यो चुनावमा मतदान अपेक्षाकृत हुन नसक्ने अनुमान स्थानीयले गर्न थालेका छन्। गाउँबाट अन्य क्षेत्रमा गएका मतदाताहरु मतदान केन्द्रमा पुगेर भोट हाल्ने अवस्था बनाउन नसके मतदान कम हुन सक्ने नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट बताउँछन्।

‘साबिकको कर्णालीमा सबैभन्दा धेरै मतदाता भएको पालिका हाम्रै हो’ उनले भने, ‘गाउँ बाहिर रहेकाहरु चुनावमा फर्किएनन् भने मतदान न्युन हुन सक्छ।’ नरहरीनाथमा कूल मतदाता १३ हजार ६३ जना रहेपनि त्यसको आधा मतदात हुने अवस्था नरहेको उनको भनाई छ।

स्थानीय तह गठनपछि गाउँमै विकास र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो। तर अधिकांश बजेट सडक ट्रयाक खोल्न र भवन निर्माणमा सीमित हुँदा उत्पादनमुखी क्षेत्रमा ठोस परिणाम नआएको स्थानीय बताउँछन्। कृषि आधुनिकीकरण, जडीबुटी प्रशोधन, पर्यटन प्रवद्र्धन जस्ता योजनाहरू कागजमै सीमित हुँदा युवाले गाउँमा भविष्य देख्न सकेनन्।

घरदैलोमा उम्मेदवार
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन र २०७९ मा भएको निर्वाचनमा नेपाली काँग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएकाले यो पटक कालिकोटको चुनावलाई जिल्लामा राजनीतिक दलको शक्ति परिक्षणको रुपमा पनि हेरिएको छ। यो पटकको चुनावमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएपछि कार्यकर्ताहरू मतदाता आ–आफ्नो पक्षमा मत तान्न क्रियाशील देखिन्छन्।

उम्मेदवारहरु बस्तीस्तरमा आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा मतदाता बटुल्न सक्रिय छन्। मतदाताहरू जहाँ छन्, सबै उम्मेदवार र पार्टीका कार्यकर्ताहरू उनीहरूलाई खोज्दै त्यही पुग्ने गरेका छन्।

घरदैलोमा गएका उम्मेदवारले मतदाता आकर्षण गर्न विभिन्न चटकहरु पनि गरिरहेका छन्। नेकपा माओवादीका उम्मेदवार खड्कबहादुर विश्वकर्माले गाउँमा कहलिे स्याउ बगैचा अवलाृेकन त कहिल्यै मतदाताको खेतमा हलो जोतेको भिडिओहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्। मतदाता आकर्षण गर्न मात्र होइन दलहरुबीच आरोप प्रत्यारोप र बिकासका काममा जस लिने होडबाजी पनि चलिरहेको छ।

कालिकोटमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा र नेकपा माओवादीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्। रास्वपाका प्रकाश न्यौपानेले पनि पुराना दलका उम्मेदवारलाई चुनौती थपेका छन्। एक स्वतन्त्रसहित १० जना उम्मेदवारले उम्मेदवारहरुले जिल्लाभर घरदैलो र आमसभाहरु सञ्चालन गरिरहेका छन्। सबै दलहरुले आफुले जित्ने दावी गरेका छन्।

प्रकाशित: २०८२ फाल्गुण १२ गते मङ्गलबार ०२:०२
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना