काठमाडौँः साताको पाँचौ कारोबार दिन बिहिबार (आज) सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ ।


