२०८३ कार्तिक १४ गते शुक्रबार

गुणस्तर अनुगमन कडाइः अर्धवार्षिक अवधिमा २९ लाखभन्दा बढीका खाद्य वस्तु नष्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
New Project – 2026-02-26T164910.161

काठमाडौँः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा देशभर खाद्य स्वच्छता तथा गुणस्तर निगरानीलाई कडाइ गरेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा ५ हजार ९०६ पटक निरीक्षण तथा अनुगमन गरिएको छ भने मापदण्ड विपरीत पाइएका करिब २९ लाख रुपैयाँ बराबरका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विभाग र मातहतका कार्यालयहरूले खाद्य उद्योग अनुमतिपत्र वितरण, अनुगमन, प्रयोगशाला परीक्षण, आयात–निर्यात नियमन तथा पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विभागका अनुसार देशभर रहेका ४३ कार्यालयमार्फत खाद्य नियमन प्रणाली कार्यान्वयन भइरहेको छ।

दोस्रो त्रैमासिक अवधिमा मात्र ३ हजार ३८ पटक निरीक्षण गरिएको थियो। सो अवधिमा १८८ नयाँ उद्योगलाई अनुमतिपत्र जारी, ३३३ उद्योगको नवीकरण तथा ४२१ उद्योग स्थापनाका लागि सिफारिस गरिएको थियो। अर्धवार्षिक अवधिमा भने कुल १ हजार ६५२ उद्योगलाई अनुमतिपत्र जारी, नवीकरण वा सिफारिस गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा खाद्य तथा दाना उद्योग, होटल–रेस्टुरेन्ट, राजमार्ग होटल, विद्यालय क्यान्टिन तथा बजार क्षेत्रका व्यवसायको जाँच गरिएको थियो। मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत स्थलगत परीक्षणसमेत गरिएको विभागले जनाएको छ।

खाद्य नमुना परीक्षणतर्फ दोस्रो त्रैमासिकमा ८८६ नमुना संकलन गरिएको थियो भने अर्धवार्षिक अवधिमा १ हजार ४५२ नमुना संकलन गरिएको छ। परीक्षण गरिएका नमुनामध्ये २६ वटा नमुना मापदण्ड विपरीत भेटिएपछि कानुनी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

न्यूनस्तर वा दूषित खाद्य उत्पादन तथा बिक्री गरेको आरोपमा अर्धवार्षिक अवधिमा ६२ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा दायर गरिएको छ। विभागका अनुसार ती मुद्दाहरू दूषित खाद्य पदार्थ, न्यून गुणस्तर उत्पादन तथा ऐन विपरीत कार्यसँग सम्बन्धित छन्।

यसैगरी, गुणस्तरमा समस्या देखिएका खाद्य पदार्थ १३ पटक बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको छ। निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण अपूर्ण भएका तथा परीक्षणमा कैफियत देखिएका पेय पदार्थ, तेल, मिठाई, मसला, चिप्स तथा मासुजन्य वस्तु लगायतका खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ।

गुणस्तर मापदण्ड निर्धारणतर्फ परम्परागत नेपाली खाद्य पदार्थ छुर्पी र मस्यौराको अनिवार्य मापदण्ड राजपत्रमा प्रकाशित भइसकेको छ भने रोल्ड ओट्सको मापदण्ड पनि स्वीकृत भइसकेको छ। गुँद्रुकको मापदण्ड नेपाल सरकारसमक्ष सिफारिसका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

आयात–निर्यात नियमनतर्फ अर्धवार्षिक अवधिमा ७ हजार ८७३ आयात अनुमति जारी गरिएको छ भने आवश्यक कागजात नपुगेका २२९ कन्साइनमेन्ट अस्वीकृत गरिएको छ। निर्यात प्रयोजनका लागि हेल्थ सर्टिफिकेट जारी गर्दै विभिन्न खाद्य वस्तु विदेश पठाउन सहजीकरण गरिएको विभागले जनाएको छ।

प्रयोगशाला सेवातर्फ अर्धवार्षिक अवधिमा ११ हजार ३११ नमुनाको परीक्षण गरिएको छ भने आयातित फलफूल तथा तरकारीमा विषादी अवशेष परीक्षण पनि निरन्तर गरिएको विभागले जनाएको छ।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्मा ले खाद्य स्वच्छता सुनिश्चित गर्न अनुगमन, परीक्षण र नियमनलाई थप प्रभावकारी बनाइने बताइन्। उपभोक्ता सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण मान्दै विभागले आगामी दिनमा सहकार्यको अपेक्षा गरेको पनि उनले जानकारी दिइन्।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०४:४९
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना