काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
अर्थमन्त्री रूपमा आफूले लिएको रातो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।
अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन भनेका छन्।


