२०८३ कार्तिक ११ गते मङ्गलबार

‘रास्वपाले राम्रो काम गरेकाले अहिलेको परिणाम आएको होइन, अब परीक्षा सुरु भयो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
photo-2_274e69fa

पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको संकेत दिएको राजनीतिक विश्लेषक एवम लेखक सुदर्शन आचार्यले बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभई जनताको ‘मास विद्रोह’को अभिव्यक्ति भएको बताए। अब रास्वपाको परीक्षा सुरु भएको उनको भनाइ छ। प्रस्तुत छ आचार्यसँग गरिएको संवादको सम्पादित अंश:

पछिल्लो चुनावी परिणामलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ? यसले के संकेत गर्छ ?
पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको प्रस्ट संकेत गरेको छ । मेरो विचारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय कुनै सामान्य चुनावी परिणाम मात्र होइन, यो नेपाली जनताको ‘मास विद्रोह’ को एउटा सशक्त अभिव्यक्ति हो ।

रास्वपाको यो सफलताको अपेक्षा पहिले नै गरिएको थियो कि यो अनपेक्षित हो ?
हामीले यसअघि गरेको विश्लेषणमा रास्वपा पहिलो शक्ति बन्ने, कांग्रेस दोस्रो र एमाले तेस्रो हुने अनुमान त गरेका थियौँ, तर रास्वपाले जुन संख्यामा सिट प्राप्त गर्‍यो, त्यो हाम्रो अपेक्षाभन्दा पनि धेरै रह्यो । रास्वपा पहिलो बन्न सक्छ भन्ने त थियो, तर जनतामा यति ठूलो स्तरको आक्रोश र विद्रोहको भावना छ भन्ने आँकलन भने पूर्ण रूपमा गरिएको थिएन ।

पुराना दलहरूसँग जनता यसरी रुष्ट हुनुको मुख्य कारण के देख्नुहुन्छ ?
मुख्य कारण भनेकै सुशासनको अभाव हो । कांग्रेस, एमाले र माओवादी केन्द्रले विगत करिब चार दशकदेखि विभिन्न समीकरण (कहिले कांग्रेस–माओवादी, कहिले कांग्रेस–एमाले त कहिले एमाले–माओवादी) बनाएर सत्ता सञ्चालन गरे । तर, जनताले अनुभूति गर्ने गरी प्रभावकारी डेलिभरी र सुशासन दिन सकेनन् । ४० वर्ष सत्ता चलाउँदा पनि जनताको जीवनस्तर फेरिएन, जसले गर्दा निराशा बढ्दै गयो ।

यस पटकको चुनावमा युवा पुस्ता, विशेष गरी ‘जेन–जी’ को भूमिका कस्तो रह्यो ?
यो परिणामलाई ‘जेन–जी विद्रोह’ भन्दा पनि हुन्छ । युवाहरूले सामाजिक सञ्जाल बन्द नगर्न, पारदर्शिता अपनाउन र पुराना नेताहरूले नयाँ पुस्तालाई ठाउँ छाड्नुपर्ने माग गरिरहेका थिए । तर, यी मागहरूलाई दलहरूले गम्भीर रूपमा लिएनन् । फलतः युवाहरूले सडकमा उत्रिएर होइन, मतपेटिकामार्फत आफ्नो विद्रोह पोखेका छन् ।

तपाईंले केपी शर्मा ओलीको कार्यशैलीमाथि पनि प्रश्न उठाउनुभएको छ, किन ?
तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीले पनि असन्तोष बढाउन भूमिका खेल्यो । पार्टीभित्र फरक मत राख्नेलाई स्थान नदिने र विपक्षी वा अन्य दलप्रति कडा कटाक्ष गर्ने शैलीले राजनीतिक संस्कार कमजोर देखियो । यसको प्रभाव जनतामा नकारात्मक पर्‍यो ।

चुनावी प्रचारको शैलीमा पनि परिवर्तन आएको हो ?
पक्कै पनि । झापाकै उदाहरण हेरौँ, पहिले एउटा ठूलो सभालाई सम्बोधन गरेर चुनाव जित्ने अवस्था थियो । तर अहिले नेताहरू घर–घर र व्यक्ति–व्यक्ति भेट्न बाध्य भएका छन् । जनता अब भाषणको भरमा मात्र छैनन् भन्ने यसले देखाउँछ ।

अब रास्वपाको मुख्य चुनौती र परीक्षा के होला ?
रास्वपाको वास्तविक परीक्षा अब सुरु हुँदैछ । अहिलेसम्मको सफलता पुराना दलको असफलताप्रतिको प्रतिक्रिया हो । अब रास्वपाले सुशासन, विधि र प्रणाली कसरी कार्यान्वयन गर्छ भन्नेमा उसको भविष्य निर्भर गर्छ । कम्तीमा पहिलो १०० दिनमा उसले भ्रष्टाचारविरुद्ध निष्पक्ष छानबिन र संवैधानिक निकायमा पारदर्शी नियुक्ति गरेर देखाउनुपर्छ । यदि आफ्नालाई बचाउने र अरूलाई मात्र कारबाही गर्ने गरियो भने जनताको यो आशा फेरि निराशामा बदलिन सक्छ ।

पुराना दलभित्र, विशेष गरी कांग्रेसमा अहिले कस्तो हलचल देखिन्छ ?
पुराना दलहरू अहिले गम्भीर दबाबमा छन् । कांग्रेसभित्र सभापति गगन थापाको राजीनामाको बहस सुरु भएको छ । यद्यपि राजीनामा नै अन्तिम समाधान होइन, तर यो एउटा नैतिक प्रश्न हो । कांग्रेसको केन्द्रीय समितिले उनको राजीनामा अस्वीकार गर्न सक्छ किनभने अझै पनि जनतामाझ देखाउन सकिने नेतृत्व गगन थापा नै हुन् भन्ने विश्वास पार्टीमा बलियो छ ।

नेपाली कांग्रेस कमजोर हुनुका मुख्य कारण के–के हुन् ?
दुईवटा मुख्य कारण छन् । पहिलो, विशेष महाधिवेशन ढिलो हुँदा नयाँ नेतृत्वले संगठन सुदृढ गर्न पर्याप्त समय पाएन । दोस्रो, पार्टीभित्रको आन्तरिक विभाजन । कांग्रेसकै केही प्रभावशाली नेताहरू चुनावी अभियानमा सक्रिय नदेखिएको र आफ्नै उम्मेदवारलाई हराउन लागेको आरोप पनि छ । यस्तो अवस्थामा पार्टी कमजोर हुनु स्वाभाविक हो ।

अन्त्यमा, यो चुनावी परिणामले समग्र नेपाली राजनीतिलाई कुन दिशामा लैजाला ?
यसले नेपालको राजनीतिमा एउटा नयाँ चरणको सुरुवात गरेको छ । ‘नेपालको संविधानले एउटै दललाई बहुमत दिन सक्दैन’ भन्ने भाष्यलाई जनताले खण्डित गरिदिएका छन् । यसले पुराना दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्ने अवसर दिएको छ । अबको राजनीति ‘डेलिभरी’ र ‘पर्फमेन्स’ को हुनेछ । यदि नयाँ सरकार स्थिर रह्यो र प्रतिबद्धता पूरा गर्‍यो भने मुलुकमा ठूलो परिवर्तन सम्भव छ ।

प्रकाशित: २०८२ फाल्गुण २९ गते शुक्रबार ०२:२८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना