२०८३ कार्तिक १४ गते शुक्रबार

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
gaun

पाँचथर: कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो। अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन्। घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ।

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो। हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ। यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ। विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन।

ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ। ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ। यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन्। गाउँमा मानिसहरु भेट्न मुस्किल छ।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छोडिसकेका छन्। उनी भने गाउँ छोडेर नजाने अठोटमा छन्। ‘मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती सुनसान रहेको देखिसक्नुभयो। जङ्गलले ढाक्दै लगेको छ। बस्नेहरुको मनमा कुनै चमक छैन, न भविष्यप्रतिको कुनै आशा नै छ’, उनले भने।

कार्कीका अनुसार यहाँ बसाइँ सर्नुको मुख्य कारणमा पानीको अभाव हो। ‘विसं २०७४ देखि केही वर्ष यहाँ वर्षा भएको छैन। वर्षा त हुन छाडेकै थियो, त्यसमाथि पिउने पानीका मुहान पनि सुक्दै गएका छन्। खानेपानीको हाहाकारजस्तै छ। त्यसैले पनि यहाँ बस्ने अवस्था छैन’, उनले भने।

गर्भवती आधारभूत विद्यालयको आसपासबाट ११ परिवार मात्रै होइन, ढुकुरेको तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेका छन्। कार्कीका अनुसार डाँडागाउँभन्दा माथिबाट मात्रै १७ घर बसाइँ सरेका छन्। ‘६० भन्दा बढी घर भएको ढुकुरेमा हाल २५ परिवार मात्रै छौँ होला। आधाभन्दा बढी बसाइँ सरिसकेका छन्’, उनले भने, ‘अब हामी मात्रै बाँकी रहने अवस्था बनेको छ। यहाँ सडक र विद्युत् सुविधा सहज भएको छ, तर खानेपानीको अभाव भएकाले समस्या भएको हो। यो समस्या समाधान भए बसाइँसराइ रोकिन्थ्यो कि !’

जमिन सुक्खा भएपछि आम्दानीका स्रोत पनि सुक्दै गएका छन्। आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ। यहाँ करोडौँको लगानीमा आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ, तर पनि सबै ठाउँमा खानेपानी सुविधा दिन सकिएको छैन।

‘पम्पिङ खानेपानी पनि जोडेका छौँ, पानी आउँछ भनेको पनि धेरै भइसक्यो, तर चल्छ जस्तो लागेको छैन’, कार्कीले भने, ‘चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्ने हुन्छ। कहिले विद्युत् अवरुद्ध हुने त कहिले मेसिन बिग्रने समस्या छ। गाउँपालिकाले सञ्चालन गर्ने त भन्छ, तर काम भएको छैन।’

कालुमानकी श्रीमती सरिता कार्की कुनै समय गुल्जारजस्तै लाग्ने बस्ती खाली भएको देख्दा आफूलाई उदेक लागिरहेको बताउँछिन्। ‘पहिले त छरछिमेक थिए, दुःख सुख बाँड्थ्यौँ, अहिले बाँझा घर हेरर उदेक लाग्छ। दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ’, उनले भने।

लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको घर छ। उनको घरमा बस्ने लीला दाहाल यहाँबाट बसाइँ सरेर तुम्बेवा–१ कै पसलटार गएका छन्। पानी नभएपछि बसाइँ हिँड्नुपरेको उनको गुनासो छ।

‘यहाँ नजिकै खानेपानीका मुहान छैनन्। धेरै माथिबाट ल्याएको सानो पानी सबैले बाँडेर खानुपरेको छ। हुन त पम्पिङ गरेर पानी ल्याइएको छ, त्यसले काम गरेको छैन। अभाव भएपछि के गर्नु, बसाइँ सर्नुको विकल्प छैन’, दाहालले भनेका थिए,’पसलटारमा खानेपानीको केही सुविधा छ, यहाँ (ढुकुरेमा) पानीको हाहाकार हुने अवस्था आएपपछि उतै सर्न लागेका हौँ।’

५६ वर्षीया टुकमाया दाहालका छरछिमेकी पनि सकिँदै गएका छन् , उनको परिवार भने यही बसिरहेको छ। ‘वरिपरिका सबै छिमेकी र आफन्त बसाइँ सरिसके। हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गर्नुको विकल्प पनि रहेन’, उनले भनिन्।

तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङ पानीको समस्या नै बसाइँसराइको प्रमुख कारण बनेको बताउँछन्। आहाले क्षेत्रका २३ परिवारले नजिकको मुहान सुकेपछि करिब निकै समस्या भोग्नुपरेको उनले बताए। ‘हाल घण्टौँ लगाएर पानी थाप्नुपर्छ। दिनमा जम्मा चार/पाँच गाग्री पानी थाप्न पाइन्छ। पानी थाप्नकै लागि अरू काम छोड्नु परिरहेको छ’, घिसिङले भने।

आहालेकै कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना गत स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो। अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भएको छ भने उपभोक्ताले धारा जडान गरिसकेका छन्, तर पानी वितरण भएको छैन। ‘चुनावअघि खानेपानी आउँछ भनेर आयोजनाको उद्घाटन गरियो, तर हालसम्म पानी आएको छैन’, तामाङले भने, ‘फेरि चुनाव आयो तर पानी आएन।’

तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की खानेपानी अभावले निकै समस्या भोग्नुपरेको बताउँछिन्। ‘ट्याक्टरमा पानी ल्याएर गुजारा गरिरहेका छौँ। ट्याक्टरले पनि भनेको बेला ल्याइदिँदैन, त्यो पनि खोलाकै पानी ल्याइदिन्छ’, उनले पीडा सुनाइन्।

तुम्बेवा–३ मौवा बजारका सीताराम थापाले खानेपानीका लागि पुराना मुहानकै भर पर्नुपरेको र ती मुहान सुक्दै गएकाले अभाव बढ्दै गएको बताए। खानेपानी आयोजनाले लगानीअनुसार प्रतिफल दिएको भए यस्तो समस्या नआउने उनको बुझाइ छ।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवान भने तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि खानेपानी पम्पिङको काम सहज हुँदै गएको बताउँछन्। सम्पवेलमा पानी सङ्कलन र सञ्चालन राम्रोसँग भए पनि वितरण हुन नसकेको उनले बताए।

‘समस्या समाधानको प्रयासमै छौँ। पानी वितरणका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता छ। समितिसँग मर्मतसम्भार र संरचना निर्माण गर्ने बजेट छैन। गाउँपालिकाले बजेट छुट्याएको सुनेका छौँ, तर तत्कालै निकासा हुने अवस्था छैन। बजेट व्यवस्थापन भएमा विगतका जस्तो समस्या हुँदैन’, उनले आश्वस्त पार्दै भने।

प्रकाशित: २०८२ फाल्गुण २९ गते शुक्रबार ०५:५३
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना