२०८३ कार्तिक २३ गते आईतबार

नेपाल फर्मा एक्स्पो सम्पन्नः नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३०
pharma

काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ शनिबार सम्पन्न भएको छ।

‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८, २९ र ३० गते आयोजित एक्स्पोले नेपाली औषधि उद्योगमा अपनाइएका नवीन प्रविधि, उपकरण र उत्पादन क्षमताको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरेको थियो।

यो एक्स्पो संघले. प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रचलित कार्यक्रमको दशौँ संस्करण हो।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले औषधि उद्योगको वर्तमान अवस्था र उद्देश्यबारे जानकारी दिँदै नेपालमा अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेको बताए।

उनले भने, ‘विश्व परिवेशमा विकसित प्रविधिहरू नेपालमा आत्मसात भइरहेको छ। हामीले अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेका छौं। हाम्रो मुख्य उद्देश्य प्रविधि प्रदर्शन गर्नु हो, जसले उपभोक्तामा विश्वास बढाउँछ। यो एक्स्पोमा प्रस्तुत भएका सबै उपकरण र प्रविधि नेपाली औषधि उद्योगमा प्रयोगमा छन्। औषधि बनाउने प्रविधि लगातार परिवर्तन हुँदै गइरहेको छ र अत्याधुनिक प्रविधि प्रयोग गरी गुणस्तरीय उत्पादन सुनिश्चित गर्दैछौं ।’

उनले औषधि उद्योगमा नीतिगत सुधार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सम्भावनामा जोड दिँदै नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

उनले भने, ‘प्रविधि मात्र पर्याप्त छैन, नीति पनि नयाँ हुनुपर्छ । नयाँ सरकारले व्यवसायीसँग सहकार्य गरेमा नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्छ । विदेशी कम्पनीहरूले हामीमाथि गुणस्तरसम्बन्धी आरोप लगाउँछन्, तर हामी अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गर्छौं । मूल्यको हिसाबले पनि स्पष्ट छौंस नेपालले उत्पादन गरेको औषधि संसारकै सस्तोमा उपलब्ध हुन्छ ।’

यस्तै, म्याग्नस फार्मा प्रालिमा प्रबन्धक निश्चल जोशीले गुणस्तर सुधार, नयाँ प्रविधि, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताउँछन् ।

‘विगत १० वर्षमा नेपाली फार्मास्यूटिकल कम्पनीहरूको बजार हिस्सा उल्लेखनीय रूपमा बढेको छ । पहिले नेपाली कम्पनीहरूको मार्केट शेयर ३०–४० प्रतिशत थियो भने अहिले ५० प्रतिशतभन्दा माथि पुगेको छ,’ उनले भने, ‘गुणस्तर सुधार, नयाँ प्रविधि अपनाउने, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन्। हामीले मोरिसेस र भेनेजुएलामा पनि निर्यात गरिसकेका छौं, तर अझ बढी निर्यातका लागि राज्यको सहयोग र नीति लचिलो हुन आवश्यक छ।’

स्वास्थ्य पत्रकार संघका अध्यक्ष भिषा काफ्ले नेपालमा उत्पादित औषधिहरू गुणस्तरीय नभएको भन्ने अफवाह गलत रहेको बताउँछन्।
उनका अनुसार गुणस्तरमा भएको कमजोरी वा त्रुटीहरू समयसापेक्ष सुधार गर्न सके नेपाली औषधि उद्योग विश्वस्तरमा प्रतिस्पर्धी बन्न सफल हुनेछ।
एक्स्पोमा सहभागी कम्पनीहरूले नयाँ उत्पादन र प्रविधि प्रदर्शनीमार्फत स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र गुणस्तरमा भएका सुधारको प्रत्यक्ष अवलोकन गराएका थिए।

एक्स्पो तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन्। एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो।

एक्स्पोले नेपाली औषधि उद्योगको क्षमता, गुणस्तर र निर्यातको सम्भावनालाई प्रदर्शन गर्दै स्वास्थ्य क्षेत्रमा नेपालले अगाडि बढिरहेको प्रगतिलाई जनसमक्ष ल्याएको छ।

प्रकाशित: २०८२ फाल्गुण ३० गते शनिवार ०८:३४
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना