२०८३ कार्तिक २३ गते आईतबार

लगानी बढाउँदै पौवा हस्पिटालिटी, मुलुकभर १९ होटल सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
dhurba_pauwa_hotel

काठमाडौँ: देशभर सञ्जाल विस्तार गरिरहेको होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले जेनजी आन्दोलनका कारण पर्यटन एवम होटल क्षेत्रमा गम्भीर असर पुर्‍याएको बताएका छन्। उनले आफ्ना देशभरका चेन होटलहरुमा करिब पाँच करोड रुपैयाँको बुकिङ रद्द गर्नुपरेको पनि बताए।

२०७२ सालको भूकम्पपछि होटल पौवा स्थापना भएको र त्यसपछि निरन्तर चुनौतीहरुको सामना गरिरहेको उनले सुनाए। ‘होटल पौवा सुरु गर्दा केही चुनौतीहरुको सामना गर्यौं। होटल सुरु गर्दा ०७२ सालको भूकम्प गएको बेला थियो। त्यसले एक प्रकारणको सन्नाटा छाएको थियो। जतासुकै एकदमै अप्ठ्यारो अवस्था थियो। सोही बेला हामीले होटल सञ्चालन गर्ने भनेर कम्पनी स्थापना गरेका थियौं। भूकम्पको रापताप सेलाउन नपाउँदै कोभिडले प्रभावित गरायो। त्यसले विश्वभर आर्थिक सुस्तता ल्यायो। त्यसको असर एक दशकभर होटल पौवाले पनि व्यहोर्यो,’ उनले अगाडि भने,‘यही बीचमा हामीले अलिक चालाखीपूर्वक, अलि बढी मेहेनत गरेर पौवाको बृद्धि विकासको काम गरिरहेका थियौं। तर, पछिल्लो समय जेनजी पुस्ताको आन्दोलनको चुनौती सामना गर्नुपरिरहेको छ। तर, पनि हामी हिम्मत हारेका छैनौं, निरन्तर अगाडि बढेका छौँ।’

पछिल्लो समय विशेषगरी जनशक्तिको अभाव खेपिरहेको बताएका उनले जेनजी विद्रोह पछाडि नीजि क्षेत्रले निराशा व्यहोरिरहेको बताए। अन्तर्राष्ट्रिय बजारबाट आउने पाहुनाहरुमा नकारात्मक सन्देश गएकाले मुख्य पर्यटकीय सिजनमा पाँच करोड रुपैंयाँ भन्दा बढीको बुकिङ रद्द गर्नुपरेको उनले सुनाए।

पछिल्लो समय होटल पौवाले आफ्नो चेन विस्तारलाई थप फैलाएको उनले जानकारी दिए।

‘हामी यतिबेला नेपालगंजमा फाइभ स्टार होटल सञ्चालन गर्दैछौँ र त्यसको निर्माण कार्य चलिरहेको छ। यस्तै पाल्पामा एउटा मेगा रिसोर्टको काम गरिरहेका छौँ। झन्डै ३५ रोपनी जग्गामा काम भइरहेको छ। अब जनकपुरमा नयाँ चेन सञ्चालनमा ल्याउने तयारीमा छौँ, हेटौंडामा भर्खरै संचालनमा आएको छ। देशभर शाखाहरु विस्तारमा हामी छौ,’ उनले भने,‘अहिले हामी १० वर्ष पूरा गर्दै गर्दा १९ वटा शाखा विस्तार गरेर नेपालको सबभन्दा छिटो विकास भएको होटेल चेनमा परिणत भएका छौँ।’

उपाध्यक्ष न्यौपानेले अब चाँडै एउटा बृहत टिम बनाएर छिट्टै विश्व बजारमा नेपाली हस्पिटालिटी पहिचान दिनेगरी काम गर्ने तयारी गरिरहेको बताए। नेपालका होटलहरु मंहगो भएको भन्ने कुरा गलत भएको बताउँदै उनले अथिति सत्कारका लागि पर्‍याप्त तालिमको आवश्यक्ता रहेको उनले औंल्याए ।

प्रकाशित: २०८२ चैत १ गते आईतबार ०७:१७
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना