२०८३ कार्तिक ११ गते मङ्गलबार

‘नेपालको भलिबल टिम पहिलेको भन्दा राम्रो छ’

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, जेठ ३२
nepali_volleyball (1)
नेपाली राष्ट्रिय भलिबल टिम

काठमाडौँ- नेपाली पुरुष सिनियर भलिबल टिमले किर्गिस्तानको बिस्केकमा जुन १८ देखि जुन २५ सम्म हुने काभा भलिबल नेसन्स लिगमा सहभागिता जनाउँदै छ। प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई नेपाल भलिबल संघले बिहीबार बिदाई गरेको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक रहेका जगदीश भट्टले नेपालले राम्रो प्रदर्शन गर्ने बताउँछन्। ‘नेपालको टिम पहिलेको भन्दा राम्रो रहेको छ। नयाँ पुरानो खेलाडीको मिश्रित खेलाडी छन्। हामी कम्पिट चाहिँ गछौं। विगतको वरियता पनि सुधार्ने छौं,’ बिहीबार बिदाईपछि प्रशिक्षक भट्टले भने।

नेपाली टिमका कप्तान इम राना मगर छनोटमै उपस्थित हुन नसकेपछि अहिले हरिहजुर थापा नेपाली टिमको कप्तान बनेका छन्। उनका अनुसार लिगमा सहभागी सबै टिम नेपालभन्दा बलिया रहेका छन्।

‘हामी सेन्ट्रल जोन गेम मात्र खेल्थ्यौँ, अहिले काभा लिग खेल्न पाएका छौं। यहाँ सहभागी टिम बलिया छन्। हामीलाई यो प्रतियोगिता चुनौतिपूर्ण छ,’ विदाईपछि थापाले भने।

एसियाका कमजोर देशलाई धेरै खेल खेलाउने उद्देश्यले सन् २०१५ देखि सुरु भएको काभा लिगमा नेपाल यो वर्ष सहभागी हुँदैछ प्रतियोगितामा पाकिस्तान र उज्वेकिस्तानले भने आफ्नो नाम फिर्ता लिएका छन्। यद्यपि प्रतियोगिता सात टिम भने सहभागी रहेका छन्।

‘१२ देखि १५ वर्षको प्रशिक्षण अनुभव छ। नेपालको टिममा जहाँ कमजोरी छ त्यहाँ नयाँ खेलाडी छनोट गरेको हो। पहिला ६–७ जना मात्र उत्कृष्ट हुन्थे। अहिले १२ जना नै उत्कृष्ट छन्। पछिल्लो ५–७ वर्षमा मोफसल र अन्तर्राष्ट्रिय खेल र सहभागीता बढेको हुनाले हाम्रा खेलाडी उत्कृष्ट छन्। विपक्षीलाई दबाबमा राख्न सक्ने टिम बनाएका छौँ।’

‘बाँकी बलिया टिम छन्। बलिया टिमसँग खेल्न पाइयो भने भलिबलको विकास हुन्छ,’ प्रशिक्षक भट्ट भन्छन्, ‘कमजोर देशसँग खेलेर उपाधि जित्नुभन्दा पनि बलियो टिमविरुद्ध खेलेर केही सिक्नु राम्रो हो।’

यो प्रतियोगिताले नेपाललाई एसियाली खेलकुदका लागि अनुभव हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। ‘अहिले सबै दर्शकले कस्तो खेल्यो भने विश्लेषण गर्न सक्छन्। अब यो खेल एसियाली खेलकुदको लागि पनि अभ्यासको खेल हुनेछ,’ उनले भनेका छन्, ‘जेठ ७ गते बसेको राखेपको बोर्ड बैठकबाट मैले पुरुष टिमलाई पनि एसियाली खेलकुदमा पठाउने प्रस्ताव गरेको थिएँ। त्यसैले खेलाडीलाई अलिकति पनि हेलचेक्र्याँई गर्ने छुट छैन।’

घिसिङले सरकारले भलिबलमा धेरै लगानी गरेको भन्दै त्यो अनुसारको रिजल्ट ल्याउनुपर्ने बताएका छन्। अब नेपालले विस्केकमा छ खेल खेल्नेछ र ति टिमले एसियाको भलिबलमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्।
प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै उज्वेकिस्तान, काजकस्तान, इरान र तुर्किमेनिस्तानको सहभागीता रहेको छ। नाम फिर्ता लिन चाहेको पाकिस्तान पनि सहभागी हुँदैछ। ‘सहभागी टिमहरुमध्ये यसपहिले कुनैसँग हामीले पाँच सेट खेलेका छौं। कुनै सँग नेट टू नेकमा गएर पनि हारेका छौं। अब ति टिमविरुद्ध खेल्ने हो,’ प्रशिक्षकले भने, ‘इरान एसियाकै राम्रो टिम हो। उसँग हामीले खेल्ने अवर पाउनेछौं। हामीले पहिले पनि राम्रो टिमविरुद्ध खेलेको हो। हामी अहिले पनि इरानसँग प्रतिस्पर्धात्मक खेल्नेछौँ। तर उसँग जित्नु भन्दा पनि खेल्न पाउनु नै ठूलो कुरा हो।’

कप्तान हरिहजुर थापाले भने नेपाली टिमको तयारी पहिलेको भन्दा कमजोर रहेको बताएका छन्। उनका अनुसार प्रशिक्षकले खेलाडीलाई धेरै समय दिन पाएका छैनन्। ‘पहिले विदेशी प्रशिक्षक भए पनि अहिले भएन। काभाको महिलाको खेल भएको कारण हामीले पर्याप्त मात्रामा बन्द प्रशिक्षणमा बस्न सकेनौँ,’ उनले भने, ‘हामीले ५० दिनको अभ्यास गरेका छौं। यसबीचमा हामीले मैत्रीपूर्ण खेल्न पाएको भए राम्रो हुने थियो होला।’
टिमका सेटर थापाले पहिलो पटक कप्तान भएर नेपाली टिम सम्हाल्दैछन्। ‘सेटर भएको कारण पहिलेका खेलहरुमा पनि जिम्मेवार नै हुन्छु। अहिले अरु खेलाडी प्रति पनि जिम्मेवारी रहेको छ,’ उनले आफ्नो जिम्मेवारीबारे भने, ‘अहिले चार नयाँ खेलाडी छ। तालमेल राम्रो भयो भने प्रदर्शन सुधार हुन्छ। तर तालमेल मिल्छ कि मिल्दैन भन्ने कुरा मुख्य हो।’

यता नेपाली टिमका प्रशिक्षक भट्टले नयाँ खेलाडी आएपछि नेपाली टिम टेक्निकल्ली र फिजिकल्ली बलियो भएको बताएका छन्। उनले भने, ‘नयाँ खेलाडी टेक्निकल्ली फिजिकल्ली बलियो हुन्छ। पुरानोमा अनुभव धेरै हुन्छ। हामीले सबै क्षेत्रमा एकएक खेलाडी नयाँ राखेका छौं। सबै कुरालाई ध्यानमा राखेर छनोट गरेका छौं। यो छनोटबाट छानिएका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्छन भन्ने लाग्छ।’

उनले आफ्नो १५ वर्ष लामो प्रशिक्षणका अनुभवबाट उत्कृष्ट टिम बनाएको दाबी गरे। भने, ‘१२ देखि १५ वर्षको प्रशिक्षण अनुभव छ। नेपालको टिममा जहाँ कमजोरी छ त्यहाँ नयाँ खेलाडी छनोट गरेको हो। पहिला ६–७ जना मात्र उत्कृष्ट हुन्थे। अहिले १२ जना नै उत्कृष्ट छन्। पछिल्लो ५–७ वर्षमा मोफसल र अन्तर्राष्ट्रिय खेल र सहभागिता बढेको हुनाले हाम्रा खेलाडी उत्कृष्ट छन्। विपक्षीलाई दबाबमा राख्न सक्ने टिम बनाएका छौँ।’

प्रकाशित: २०८० जेठ ३२ गते बिहिबार ०७:३३
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना