२०८३ कार्तिक १४ गते शुक्रबार

विवादित निर्णयमा महान्यायाधीवक्ताको ह्याट्रिक: साढे ७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
sabita_bhandari_mahanyayadhibakta

काठमाडौँ: निर्वाचन सम्पन्न भएर ताजा जनादेशबाट नयाँ सरकार बन्ने क्रममा कामचलाउ सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले अर्को विवादित निर्णय गरेकी छन्। महान्यायाधीवक्ता भण्डारीले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडविरुद्ध उठाइएको साढे सात अर्ब रुपैयाँ करछलीसम्बन्धी मुद्दा नचलाउने निर्णय गरेपछि उनी पुन: विवादमा मुछिएकी छन्।

राजस्व अनुसन्धान निकायले करिब एक वर्ष लामो छानबिनपछि वर्ल्डलिंकले दूरसञ्चार सेवा दस्तुर (टिएससी) छल्दै करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व चुहावट गरेको निष्कर्षसहित मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो।

आर्थिक ऐनअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवामा लिइने शुल्कमध्ये ५० प्रतिशतसम्मलाई मर्मत–सम्भार शीर्षकमा राख्दा त्यसमा टिएससी नलाग्ने व्यवस्था छ। तर, वर्ल्डलिंकले कुल बिलकै ५० प्रतिशतलाई मर्मत शुल्क मानेर कर छुट लिएको थियो, जसका कारण ठूलो परिमाणमा राजस्व गुमेको ठहर राजस्व अनुसन्धानको थियो।

महान्यायाधिवक्ता भण्डारीले भने आफूले नयाँ निर्णय नगरी तल्लो तहका सरकारी वकिल कार्यालयहरूको रायलाई सदर मात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेकी हुन्। उनका अनुसार कानुनले ५० प्रतिशतसम्म मर्मत शुल्क लिन अनुमति दिएको, त्यस्तो शुल्कमा टिएससी नलाग्ने व्यवस्था भएको र नेपाल दूरसञ्चार प्राधिकरणले समेत कम्पनीको शुल्क संरचनामा आपत्ति नजनाएकाले निर्णय प्रक्रियागत रूपमा आएको फाइलको आधारमा गरिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेकी हुन्।

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि सरकारको कानुनी सल्लाहकार हुने महान्यायाधीवक्तामा भण्डारीलाई नियुक्त गरेकी थिइन्। महान्यायाधीवक्ताको जिम्मेवारी सम्हालेदेखि नै उनले विवादित निर्णय गर्दै आएकी छन्।

यसअघि महान्यायाधिवक्ता भण्डारीले आफू र आफ्नो आफन्त जोगाउन अवैध रूपमा किशोरीको डिम्ब निकालेर बेच्ने आइभिएफ सेन्टरका सञ्चालकलाई मुद्दा नचलल्ने निर्णय गरेकी थिइन्। उनले किशोरीको डिम्ब निकालेर बेच्ने आफ्नी छोरी डा प्रतुसा बरालको लगानी रहेको आइभिएफ सेन्टरको मुद्दा नचलाउने निर्णय गरेकी थिइन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय उनले गरेकी थिइन्। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकोमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ११:५१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना