काठमाडौं। अर्थशास्त्री केशव आचार्यको आज निधन भएको छ। उनी ७२ वर्षका थिए। अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान १० बजे निधन भएको हो। आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो।
आचार्य नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका थिए। तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार जिम्मेवारी सम्हालेका आचार्य विभिन्न संस्थामा अर्थशास्त्रीको रुपमा काम गरेका थिए।
अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए।उनका श्रीमती, एक छोरा र एक छोरी छन्।


