२०८३ कार्तिक १३ गते बिहिबार

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार १
chief judge of supreme court in nepal karki

काठमाडौं – सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ। समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो।

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए। उनले भने, ‘संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्याधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।’

यसअघि बैठकमा सदस्यहरूले ‘आमजनतामा न्यायालयप्रतिको भरोसा र विश्वास टुटेको छ भन्ने गुनासोलाई कसरी लिनुभएको छ’ भनी प्रश्न गर्दै अदालतमा देखिएका विसङ्गति र विकृति निवारणका लागि यहाँको भूमिका र कार्ययोजना के हुन्छ ? भनी जिज्ञासा राखेका थिए। सदस्यहरुले अदालतमा पुगेका विषयवस्तुको निरुपण गर्ने सन्दर्भमा लामो समय लागेका कारण न्याय माग्न गएका नागरिक थप मारमा परिरहेको घटनाप्रति जवाफ माग गरेका थियो।

सदस्यहरुको प्रश्नको जवाफमा कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर अदालतले काम गरिरहेको बताए। कामु प्रधानन्याधीश कार्कीले कतिपय मुद्दाका सन्दर्भमा जारी भएको अल्पकालीन आदेशलाई अनन्तकालीन बनाइनु हुन्न भन्नेमा अदालत स्पष्ट रहेको उल्लेख गरे।

कार्कीले कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने बताए। उनले भने, ‘न्यायाधीश घटनाको साक्षी बन्न सक्दैन, कानुन र प्रमाणलाई पन्छाएर फैसला गर्न मिल्दैन।’

प्रकाशित: २०८० असार १ गते शुक्रबार १२:४०
प्रतिक्रिया

थप समाचार

प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदमा निष्कर्षविहीन छलफल

काठमाडौँ- संवैधानिक परिषद्को बैठक कुनै निर्णय गर्न नसकी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो। संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त...

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं– प्रधान्यायाधीश नियुक्तीको एजेन्डामा छलफल गर्न संवैधानिक परिषदको बैठक सुरु भएको छ । यसअघि बसेको संवैधानिक परिषद बैठक विना निश्कर्ष टुंगिएको थियो। बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री...

प्रधानन्यायाधीश तत्कालै नियुक्त गर्न बार एसोसिएसनको माग

आजदेखि प्रधानन्यायाधीश नियुक्ति, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्नुपर्नेलगायत माग राखेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै बार।

प्रमुख तीन दलको बैठक: संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

काठमाडौं– प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउन प्रमुख तीन दलका शिर्ष नेता सहमत भएका छन्। प्रमख तीन दलका शिर्ष नेताबीच सोमबार विहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न बारको अल्टिमेटम

काठमाडौँ- नेपाल बार एसोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना