काठमाडौं– प्रधान्यायाधीश नियुक्तीको एजेन्डामा छलफल गर्न संवैधानिक परिषदको बैठक सुरु भएको छ । यसअघि बसेको संवैधानिक परिषद बैठक विना निश्कर्ष टुंगिएको थियो।
बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्वविहीन छ।
