२०८३ कार्तिक २३ गते आईतबार

चौधरी ग्रुपले नेपाल ल्याउँदै विश्व प्रसिद्ध होटल ब्राण्ड ‘द रिट्ज–कार्लटन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १३
chaudhary

काठमाडौं। नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।

सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आई जे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ।

रिट्ज–कार्लटन काठमाडौँको भूमिपुजन कार्यक्रम शुक्रबार, २७ मार्च २०२६ मा राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सम्पन्न भएको छ। यस परियोजनामा १५० रुम क्षमता सहितको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहनेछ।

दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर रहेको छ। परियोजना २०२९ को मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। सम्पन्न भएपछि होटलको एक रातको रुम रेट एक हजार अमेरिकी डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नेछ।

सीजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजनामार्फत नयाँ सरकारको निजि क्षेत्रप्रतिको विश्वास र लगानी प्रबर्दनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन्। परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको विकासलाई अर्को स्तरमा लैजानमा केन्द्रित रहने लगानीकर्ताहरूको अपेक्षा रहेको छ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार, रिट्ज–कार्लटनको प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय स्तरमा योगदान पुर्‍याउने प्रतिबद्धतालाई पुष्टि गर्छ।

“आजको यो पहल केवल परियोजना उद्घाटनको लागि मात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन्। यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो। यस परियोजनामार्फत हामी रोजगार सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि बढाउन राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेका छौं,” राहुल चौधरीले भने।

सीजी हस्पिटालिटी ग्लोबल हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्दै आएको छ। हाल सीजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट, र १५ हजार भन्दा बढी रुम क्षमता रहेको छ।

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना, सबैभन्दा ठूलो करदाता र रोजगार सृजनामा अग्रणी संस्था हो। चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०८१/०८२ मा चौधरी ग्रुपले २५.५९ अर्ब रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो। पछिल्ला पाँच वर्षमा चौधरी ग्रुपले कुल ९२.२६ अर्ब रुपैयाँ राजस्व योगदान पुर्‍याइसकेको छ।

 

प्रकाशित: २०८२ चैत १३ गते शुक्रबार ०४:३४
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना