२०८३ कार्तिक १४ गते शुक्रबार

टिकटकर तुलसाविरुद्ध मुद्दा: साढे चार करोडको हनी ट्र्याप, २१ करोड बढीको शंकास्पद कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २०
tulsa

काठमाडौँ: जिल्ला सरकारी वकिलको कार्यालयले ललितपुरले टिकटकर तुलसा (तुल्सी)अधिकारीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ। कुमार चिमोरियाले हनी ट्र्यापमा पारी आफूसँग ४ करोड ५० लाख रुपैयाँ हनी ट्रयापमा पारी आपराधिक लाभ लिएको उजुरीको आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो।

हनी ट्र्यापमा पारी डर धम्की देखाइ चरणवद्ध रूपमा रकम असुल गरेको आरोप उनको छ। टिकटकर तुल्सीको दैनिकी एकदम खर्चिलो रहेको, अश्वभाविक विदेश यात्राहरू समेत रहेको, विदेशमा लगानी, नेपालमा समेत बिभिन्न व्यवसायहरु संचालन रहेको, तुल्सी र निजको छोरीको खर्च समेत अस्वभाविक रहेको भन्दै आयस्रोतका बारेमा पनि अनुसन्धान गर्न मागसहित चिमोरियाले जाहेरी दरखास्त दिएका थिए।

सो आधारमा गरिएको अनुसन्धानपश्चात् जिल्ला सरकारी वकिलले आपराधिक लाभ ठगीसहित सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरेको हो। सामान्य आर्थिक अवस्था भएकी र सवारी शोरुममा कर्मचारीका रूपमा कार्यरत तुल्सीको पछिल्लो चार वर्षमा अस्वाभाविक रूपमा २१ करोडभन्दा बढीको वित्तीय कारोबार गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त रकम उनले आफ्ना कर्मचारी, परिवारका सदस्य र सहयोगीका नाममा रहेका १९ वटा बैंक खातामा ‘लेयरिङ’ (तहकिकरण) गर्दै ललितपुरको भैँसेपाटीमा ४ करोडको घर र नवलपरासीमा जग्गा खरिद गरेको पाइएको सरकारी वकिलको दाबी छ। ५३ पटक वैदेशिक भ्रमण गरेकी अधिकारीले अवैध धनलाई तुल्सा कलेक्सन र टिपुरी कलेक्सन जस्ता कम्पनीमार्फत वैध बनाउने प्रयास गरेको भन्दै सरकारी वकिल कार्यालयले निजविरुद्ध विगोको दोब्बर जरिवाना र १० वर्षसम्म कैदको मागदाबी गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ९ जना व्यक्ति र एउटा कम्पनी गरी १० प्रतिवादीविरुद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको हो।

मुख्य अभियुक्त तुलसा अधिकारीसहित उनका सहयोगीहरू निलिका लामिछाने, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, प्रयास पोखरेल, सपना वली, गंगा अधिकारी सुवेदी, मेघनाथ बस्याल र अशोक कुमार अग्रवाल, कर्मचारीहरू सपना वली, इन्द्र प्रकाश वली, मनिषा केसीलाई पनि प्रतिवादी बनाइएको छ।

अदालतमा दायर अभियोग पत्रमा प्रतिवादीहरूको नाममा रहेको घर, जग्गा, बैंक मौज्दात र कम्पनीको शेयर समेत जफत गर्न माग गरिएको छ। हाल मुख्य अभियुक्त तुलसा अधिकारीसहित ८ जना फरार छन् भने पक्राउ परेकी निलिका लामिछानेलाई हाजिर जमानीमा छाडिएको छ।

प्रकाशित: २०८२ चैत २० गते शुक्रबार ०५:३०
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना