२०८३ कार्तिक २३ गते आईतबार

नेपाली चेन होटल पौवाको ‘स्वाद उत्सव’, १०औँ वार्षिकोत्सवमा देशभर तीन दिन विशेष कार्यक्रम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
New Project – 2026-04-06T171924.609

काठमाडौँः स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रा।लि। ले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार आगामी चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटलका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकलाई विशिष्ट अनुभव प्रदान गरिनेछ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी ले छोटो अवधिमै नेपाली हस्पिटालिटी क्षेत्रमा पौवाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए। “पहिलो दशकलाई हामीले संस्थागत बाल्यकालका रूपमा लिएका छौं। यस अवधिले हामीलाई अनुभव, आत्मविश्वास र स्पष्ट दिशा दिएको छ,” उनले भने। उनका अनुसार आगामी दशकमा देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शाखा विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना कम्पनीले अघि सारेको छ।

होटल पौवाका उपाध्यक्ष धुव्रराज न्यौपाने का अनुसार व्यवसायिक दृष्टिले १० वर्ष छोटो समय भए पनि यस अवधिमा हासिल गरिएको विस्तार र संस्थागत विकास उल्लेखनीय छ। “सात कोठाबाट सुरु भएको यात्रा आज पाँचतारे होटल तथा रिसोर्ट अवधारणातर्फ अघि बढिरहेको छ,” उनले भने, “सामूहिक लगानीको मोडेलमार्फत विकसित हुँदै गएको पौवा नेपाली चेन होटलको सम्भावना प्रमाणित गर्ने उदाहरण बनेको छ।”

रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ। “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नारासहित अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्न ‘बितायौं बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ। उक्त सम्मेलन कम्पनीको दीर्घकालीन विस्तार रणनीति ‘मिसन १००’ लाई सफल बनाउन केन्द्रित रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए।

कम्पनीका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारी का अनुसार ‘मिसन १००’ केवल संख्यात्मक विस्तारको लक्ष्य मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको दीर्घकालीन रणनीति हो।

हाल होटल पौवा सञ्जालमा झण्डै १,००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ता रहेका छन्। स्वदेशमै रोजगारी सिर्जना गर्दै नेपाली आतिथ्यलाई संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्यसहित पौवाले आफ्नो विस्तार यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

प्रकाशित: २०८२ चैत २३ गते सोमबार ०५:२०
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना