२०८३ कार्तिक १३ गते बिहिबार

बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक हस्पिटल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३
norvic pix (2) (1)

काठमाडौं। बीएलसी ग्लोबल होल्डिङले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। हस्पिटलले बुकबिल्डिङबाट आईपीओ जारी गर्न प्रक्रिया अघि बढाएको छ।

नर्भिकले बुकविल्डिङ निर्देशिकाअनुसार प्रारम्भिक विवरणपत्रमा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराउने भएको छ।

सोही निर्देशिकाको व्यवस्थाअनुरूप आशय मूल्य योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम सेयर संख्या, आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रमा सुझाव लिन लागेको छ।

नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुलाई सहभागी हुन नर्भिकले भनेको छ। यही वैशाख ११ गते शुक्रबार छलफलका लागि बोलाएको छ।

आईपीओ निष्कासन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिक इन्टरनेशनलले २५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ।

नर्भिकले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

पछिल्लो समय मुलुकमा अर्बौं रुपैयाँ लगानीमा ‘मल्टिस्पेसियालिटी’ अस्पताल सञ्चालनमा आउन थालेका छन्। एक दर्जन यस्ता अस्पतालहरु पाइपलाइनमा छन्।सञ्चालनमा रहेका अस्पतालहरुले पनि क्षमता बढाएर मल्टिस्पेसियालिटीमा परिणत गर्न थालेका छन्।

यस्तै तीन दशक बढी पुरानो नर्भिक इन्टरनेसनले हस्पिटले पनि क्षमता बढाउन लागेको छ।

नर्भिक इन्टरनेसनलले दुई अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानी थपेर सेवा विस्तार थालेको हो। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ। आउँदो पुससम्म नयाँ भवनबाट स्वास्थ्य सेवा दिने योजना नर्भिकको छ।

हस्पिटलको क्षमता बढाउन नर्भिकले एक अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ।

नयाँ पूर्वाधार बनेपछि नर्भिकले अस्पतालको क्षमता बढाएर २७५ बेड पुर्याउने भएको छ। नर्भिकले ओपिडी र आइपिडीका लागि क्षमता विस्तार थालेको हो। अहिले ११६ बेड क्षमता छ। विस्तारपछि २७५ बेड पुग्नेछ।

नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।

अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ।

साढे दुई अर्ब लगानीमा क्षमता बढाउँदै नर्भिक हस्पिटल, आईपीओ जारी गर्ने

नर्भिकले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। नर्भिकले सेयरधनीलाई ४२ प्रतिशतसम्म लाभांश दिएको थियो।

नर्भिकको बलियो ब्रान्ड छवि छ। अस्पतालले स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने नर्भिक पहिलो अस्पताल हो।

पहिलो त्रैमाशमा एक अर्ब ३३ करोड ८० लाख रुपैयाँबराबरको व्यापार गरेको छ। नर्भिकले गत वर्ष सन् २०२५ मा दुई अर्ब २२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

२०२४ मा एक अर्ब ९९ करोड, २०२३ मा एक अर्ब ९१ करोड र २०२२ मा एक अर्ब ७८ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो। नर्भिकको कारोबार बढ्दै गएको छ।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।

मेडिकेयर हस्पिटल लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) लिमिटेडले अंकित मूल्यमा आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

प्रकाशित: २०८३ बैशाख ३ गते बिहिबार ०८:५३
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना