काठमाडौं – काठमाडौंमा शनिबार सम्पन्न छनोट खेलमा आर्चरीका चार खेलाडी छनोट भएका छन्। १९ औं दक्षिण एसियाली खेलकुदका लागि भएको खेलाडीको अन्तिम छनौटमा ४ जना खेलाडीहरु छनौट हुन सफलएका हुन्।
छनोटमा रिकर्भ पुरुषतर्फका नेपाल प्रहरीबाट सहभागी भएका तिलक पुन मगरले १२६७ अंक प्राप्त गर्दै सो विधामा छनोट भएका हुन्।
त्यस्तै सोही विधाको महिलातर्फको खेलमा मञ्जु बजगाईंले बाजी मारिन्। नेपाल आर्मी मञ्जुले १०७० एसियाली खेलकुदको बन्द प्रशिक्षणको लागि छनोटमा पुगेकी छन्।
त्यस्तै, कम्पाउण्ड पुरुषमा गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भएका छन्। छनोटमा १२८९ अंक ल्याएका शेरचन चीनको ग्वान्जाउमा हुने एसियाली खेलकुदका लागि छनोट भएका हुन्।
सोही विधाको महिलातर्फ भने नेपाल आर्मीकै इमायुङ राई १३०३ अंकका साथ छनोट भइन्।
१९औं एशियाली खेलकुदमा उक्त खेलाडीहरुले १० इभेण्टमध्ये ६ इभेण्टमा प्रतिस्पर्धा गर्नेछन। उक्त छनौटमा ११औ राष्ट्रिय आर्चरी प्रतियोगिता बाट १४ जना छनौटमा परेका खेलाडीहरुको सहभागिता रहेको थियो।


