२०८३ कार्तिक १३ गते बिहिबार

तरूण सरदेशाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
Golf Players with coach deshai
भारतको बैंगलोर स्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्दै नेपाली टिम।

काठमाडौं – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ।

नेपाल गल्फ संघ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको जानकारी सोमबार दिएको हो।

संघले गरेको सम्झौताअनुसार एसियन गेम्सभरी सरदेईले नेपाली टिम सम्हाल्नेछन्। नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य गल्फको सहायक प्रशिक्षक रहेका छन्। एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा‌ आयोजना हुनेछ।

‘तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलोर स्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ,’ संघले जारी गरेको सूचनामा लेखिएको छ।

एशियन खेलकुदका लागि प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल छनोट भएका छन्। अब उनीहरुले नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलोर पठाएको जानकारी दिएको हो। नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सद्भाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए। बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि २१ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागीता जनाउनेछन्।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०४:४८
प्रतिक्रिया

थप समाचार

शुक्रद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

धरान- नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन्। अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा...

गल्फ च्याम्पियनसिप : प्रो-एमको उपाधि दिनेश र टिमलाई

काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ...

गल्फ टुरमा ३० ‘प्रोफेसनल’ र ७ ‘एमच्योर’को प्रतिस्पर्धा

काठमाडौँ-  सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौँ प्रतियोगिता मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलको प्रतियोगिता भोलिदेखि सुरू भएर शुक्रबारसम्म चल्ने आयोजक नेपाल गल्फर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना