काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौँ प्रतियोगिता मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलको प्रतियोगिता भोलिदेखि सुरू भएर शुक्रबारसम्म चल्ने आयोजक नेपाल गल्फर संघले जानकारी दिएको छ।
प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागू हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउनेछन्।
‘कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशिको प्रतियोगितामा ३० प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा कुल ७ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्,’ आयोजले जारी गरेको सूचनामा लेखिएको छ।
सूर्य नेपाल टुरको पाँचौँ प्रतियोगिता सेन्ट्रल ओपनको विजेता तथा नम्बर एक खेलाडी शुक्रबहादुर राईले यसपालि प्रतियोगितामा सहभागिता जनाउने छैनन्। उनी अहिले भारतमा भारतीय टुरमा व्यस्त छन्। शुक्र नभएपनि भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर प्रमुख दाबेदार छन्। प्रोहरुलाई एमेच्योर खेलाडीद्वय सुवास तामाङ र सद्भाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ।
चारदिने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई कठिन बनाइएको आयोजले जानकारी दिएको छ।


