२०८३ कार्तिक ११ गते मङ्गलबार

गल्फ च्याम्पियनसिप : प्रो-एमको उपाधि दिनेश र टिमलाई

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २७
suryanepalgolf

काठमाडौं – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ।

गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडी समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले ४१-४१ अंक जोडे भने प्रताप र अर्जुनले ४०-४० अंक प्राप्त गरे।

यसैगरी, प्रो भुवन‌ नगरकोटी र एमेच्योर खेलाडीहरु टासी छिरिङ्ग, उज्जवल प्रधानाङ्ग र सुनिल कार्कीको टोली १५३ अंक सहित दोश्रो स्थान प्राप्त गरे। भुवन, उज्जवल र सुनिलले समान ३८ अंक जोड्दा टासीले ३९ अंक बनाए।

धरानका प्रो बलभद्र राई तथा एमेच्योर खेलाडीहरु भाईराजा पाण्डे, काल्साङ्ग लोधे शेर्पा र राजु थकाली १५१ अंक सहित तेश्रो भए। बलभद्रले ३७ अंक जोडे। एमच्योर खेलाडीहरु भाईराजा, काल्साङ्ग र राजुले समान ३८ अंक बनाए।

महिला तर्फ बेस्ट ईन्डिभिजुअल स्कोरको उपाधि रेखा घिमिरेले जितिन्। रेखा र आईन्स्टिना टण्डनले समान ३४ अंक जोडेपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो। रेखाले ब्याक नाईनमा १८ अंक जोडेकी थिईन भने १३-बर्षिया आईन्स्टिनाले १७ अंक बनएकी थिइन्।‌

मन्दीप केसी र भाईराजा पाण्डेले क्रमश लङ्गेस्ट ड्राईभ र क्लोजेस्ट टु दि पिनको उपाधि हात पारे।

स्टेवलफोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा खेलाईएको प्रतियोगितामा २५ प्रो सहित कूल १३५ गल्फरले भाग लिएका थिए। सूर्य नेपाल प्रालिको प्रबन्ध निर्देशक रवि कुमार रायवरम, कर्पोरेट भाईस-प्रेसिडेन्ट रवि केसि, मार्केटिङ्ग भाईस-प्रेसिडेन्ट दिप्रा लाहिरी, फाईन्यान्स भाईस-प्रेसिडेन्ट विकास भत्रा, एनपीजीएका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ रगोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरेले पुरस्कार वितरण गरे।

सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हिजो सकियो। जसको उपाधि १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङले जिते। उनले २१-अन्डर २ सय ६७ को सानदार नतिजामा उपाधि जितेका हुन्।

प्रकाशित: २०८० जेठ २७ गते शनिवार ०६:३३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना