२०८३ कार्तिक २३ गते आईतबार

लुम्बिनी केवलकारको सञ्चालन आम्दानी १२ करोड नाघ्यो, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
lumbini_kebal

काठमाडौंँ: आईएमई समूहद्वारा प्रवर्द्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उल्लेख्य वित्तीय प्रगति गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालित यस केवलकारले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यस केवलकारले लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। लुम्बीनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समुहको कम्पनी हो।

पाल्पामा सवा २ अर्बको पाँचतारे होटल

कम्पनीले केवलकारको माथिल्लो स्टेशन (पाल्पाको बसन्तपुर) मा एकीकृत पर्यटन गन्तव्य विकास गर्ने लक्ष्यका साथ पाँचतारे होटल निर्माणको प्रक्रिया अघि बढाएको छ। उक्त होटल परियोजनाको अनुमानित लागत २ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ। हाल होटल डिजाइनको काम प्रारम्भिक चरणमा छ
।
होटल निर्माणका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लगानीका लागि छलफल गरिरहेको छ। साथै, कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी संकलन गर्ने योजना समेत बनाएको छ।

वित्तीय अवस्था र ऋण व्यवस्थापन

कम्पनीले ५७ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी प्राप्त रकमबाट २३ करोड रुपैयाँ ऋण अग्रिम भुक्तानी गरेको छ, जसले गर्दा कम्पनीको ऋणको भार केही कम भएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन ५० प्रतिशतको हाराहारीमा रहेको छ, जुन व्यवसायिक हिसाबले सकारात्मक मानिन्छ।

व्यापारिक सफलताका बाबजुद कम्पनीले केही चुनौतीहरूको सामना गरिरहेको छ। इक्रा नेपालका अनुसार, आर्थिक वर्ष २०२५ मा केवलकार चढ्ने यात्रुहरूको संख्यामा २६ प्रतिशतले गिरावट आएको छ। यसले गर्दा सञ्चालन आम्दानीमा केही संकुचन देखिएको छ।

साथै, बुटवल–भैरहवा क्षेत्रमा सञ्चालित अन्य सुविधायुक्त होटलहरूसँगको प्रतिस्पर्धा र पर्यटन क्षेत्रमा आउने उतारचढावलाई कम्पनीका लागि चुनौतीका रूपमा हेरिएको छ। होटल परियोजना ठूलो लगानीको भएकाले समयमै निर्माण सम्पन्न गर्नु र वित्तीय व्यवस्थापन गर्नु कम्पनीको मुख्य कार्यभार रहनेछ।

धार्मिक पर्यटनको केन्द्र

केवलकारको १० मिनेटको यात्रापछि पुगिने बसन्तपुर क्षेत्रमा कामाख्यादेवीको मन्दिर, शिव वाहन नन्दी र सय वर्ष पुरानो भगवती मन्दिर जस्ता धार्मिक संरचनाहरू रहेका छन्। विशेषगरी भारतीय पर्यटक र आन्तरिक पर्यटकका लागि यो क्षेत्र प्रमुख आकर्षणको केन्द्र बनेको छ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र प्रवर्द्धकहरूको अनुभवलाई मध्यनजर गर्दै यसको रेटिङ बी प्लसमा यथावत् राखेको छ। आईएमई समूहको यसअघि चन्द्रागिरि र मौलाकाली केवलकार सञ्चालनको अनुभव भएकाले यो आयोजनाले पनि दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने विश्वास गरिएको छ।

प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार १०:१५
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना