कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ। रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै तन्दुरुस्त देखिन्छन्।

तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन।

यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेको यहाँका कर्मचारी बताउँछन्।